काठमाडौं– काठमाडौं महानगरपालिकाले गाईजात्रा हुने मार्गमा सवारीलाई प्रवेशमा निषेध गर्ने भएको छ।
बुधबार सार्वजनिक सूचना अनुसार महानगरले बिहीबार र शुक्रबार दुई दिन गाइजात्रामा जात्रा हुने मार्गहरूमा सबै प्रकारका सवारी निषेध गर्ने भएको हो।
केलटोलबाट सुरु हुने जात्रा ईन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, जैशिदेवल, मरू टोल, चिकँमुगल, ज्याबहाल, लगन चोक, गोफल, ब्रम्हटोल, वन्डे, ह्युमत, जैशिदेवल, कोहिटि, भिमसेनस्थान, मरू टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बाङ्गेमुढा, न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन पुगेर टुंगिनेछ।
उक्त स्थानमा सवारी प्रवेशमा निषेध गरिएको हो।
1693386962.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।