काठमाडौं– पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कर्पियो गाडी पुरिँदा १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियो बुधबार बिहान ढुंगासहितको पहिरोमा पुरिएको हो। दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ। उक्त जिपमा केही बालबालिका समेत रहेको प्रहरी जनाएको छ।
दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ। दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।