काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
केही बेरअघिबाट सिंहदरबारमा नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
मंगलबार मात्रै एमसीसीका उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीनदिने भ्रमणमा नेपाल आएका छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ। बुधबारदेखि एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा जाँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।