काठमाडौं- विश्व हिन्दू महासंघले संस्कृतिविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ। ‘सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि महासंघको चुनौती’ विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो।
समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा गुरुङलाई नेपाल ऋषिकोको उपाधी प्रदान गरेको थियो। महासंघले उक्त उपाधि अनुमोदन गरेको हो।
कार्यक्रममा डा गुरुङले ७७ वर्षपछि पुन: आफ्नो नामकरण गरिदिएको भन्दै खुसी व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।