काठमाडौं- सोमबार नै उड्नुपर्ने चाइना साउथर्नको विमान मंगलबार अपराह्नसम्म उड्ने संकेत नदेखिएपछि यात्रुहरू अन्योलमा परेका छन्। चाइनाको गोन्झाओ हुँदै विश्वका विभिन्न देशमा पुग्न हिँडेका झन्डै २५० यात्रु अन्योलग्रस्त बनेका हुन्।
सोमबार राति १२:१५ फ्लाइट टाइम रहेको फ्लाइट नं सीजेड ३०६८ को विमानमा प्राविधिक गडबडी आएको भन्दै यात्रुहरूलाई ओरालिएको थियो। यात्रुहरुलाई राखेर उडाउने तयारी हुँदा विमानमा गडबडी आएको भन्दै केहीबेर त्यहीँ अलमल्याइएको थियो।
विमानभित्रै खाना खुवाउने समय लिँदा समेत नबनेपछि उनीहरुलाई सोल्टी होटलमा राखिएको छ।
मंगलबार बेलुकी ५ बजेसम्म पनि उक्त विमान उड्ने वा नउड्ने विषयमा जानकारी नदिइएको एक यात्रुले बताए। उक्त विमानको अर्को फ्लाइट समय राति १२:०५ तय गरिएको छ।
एअरपोर्टमा कार्यरत एक कर्मचारीले भने अझै विमान बनिनसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।