Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीलाई गगनको चेतावनी- हामीलाई हेपेको स्वीकार्य हुँदैन, नयाँ ढंगले सामना गर्न तयार हुनूहोला

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०८०  १६:४३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’को विरोध गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा थापाले बहुमत भएपछि सरकारले आफूले जे गरे पनि हुन्छ भनेर सांसदलाई हेपेर अपराधीलाई जोगाउन उक्त प्रावधान ल्याएको भन्दै उनले विरोध जनाएका हुन्।

‘केही नेपाल ऐन संशोधन’ भनेर गणतन्त्र आइसकेपछि थुप्रै कानुनहरू संशोधन गर्न थालेको र त्यसको चरम दुरुपयोग भएको उनले बताए। उनले २०७४ पछि केपी शर्मा ओलीको नेकपा सरकारले उक्त विषयको चरम दुरुपयोग गरेको र त्यतिबेला नेपाली कांग्रेसले जमेर विरोध गरेको उनले बताए। 

अहिले कांग्रेसबाट धनराज गुरुङ कानुनमन्त्री छन्। त्यसबेला गुरुङले उक्त विधेयकको खुलेर विरोध गरेको स्मरण गर्दै त्यतिबेला गलत हुने अहिले सही नहुने उनले बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिँदै नयाँ ढंगले सामना गर्न चुनौती दिएका छन्। उनले भने, ‘यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका हुन् भनेर डन्ट टेक अज ग्रान्टेड। हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन्। यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ। सांसदलाई जसरी व्यवहार गरिएको छ। जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनूहोला।’

उनले भने-

कहिलेकाहीँ एकरुपता ल्याउनका लागि केही नेपाल ऐन संशोधन भनेर गणतन्त्र आइसकेपछि थुप्रै कानुनहरू हामीले एकैपटक संशोधन गर्न थाल्यौँ। २०७४ सालको नेकपाको सरकारले चरम दुरुपयोग गर्‍यो। नेपाल ट्रस्ट ऐन कानुन त्यहीँ छिराएर ल्याइएको हो। त्यो बेलामा संसदभित्र मानननीय कानुनमन्त्रीले संसदबाहिर जमेर यसको विरोध गर्नुभएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यो बेलाको गलत, अहिले कसरी सही हुन्छ? यो विधिशास्त्रको मान्यताको खिलाप हो। यस्तो नि ऐन ल्याउनु भनेको हिजो पनि त्यो संसद्लाई हेपेको हो। आज पनि संसदलाई हेपेको हो। किनकि संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने मसँग बहुमत छ, मैले जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ, यो हामीलाई हेपेको हो। हामी हेपिने कि नहेपिने योपटक देखाउनुपर्नेछ। यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई जोगाउनेगरी जुन प्रावधान ल्याएको छ। नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन। र माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि  छ। २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नूस्। यसलाई बिसाउनूस्। यसलाई हटाउनूस्।

वातावरण संरक्षण ऐनमा ईआईएको प्रावधान प्रतिवेदन मन्त्रालयले स्वीकृत गर्नुपर्छ। अहिले विभागबाट गर्ने भनेर ल्याइएको छ। मन्त्रालयले मान्दैन यो। वातावरणविद्ले मान्दैन यो। कसको इशारामा ल्याइएको हो? कसको सेवा गर्न ल्याइएको हो? ईआईए अन्तर्राष्ट्रिय दस्तावेज पनि हो। किनकि हामी जैवीक महासन्धीको पार्टी छौँ। यो नीतिगत दस्तावेज पनि हो। यो विभागले स्वीकृत गर्न मिल्छ? केको आधारमा ल्याइएको हो?

राजस्व चुहावट ऐनमा हिजो जिल्ला अदालतबाट माथिल्लो अदालतमा ल्याइयो। आज माथिल्लो अदालतबाट तल्लो अदालतमा सारियो। वैदेशिक रोजगार बोर्डमा निमित्त कार्यकारीको अवधि अनन्तकालसम्म लम्बाउन मिल्नेगरीकन घुसाइएको छ यहाँ। यो घुसाउने विधेयक हो। जुन जुन मन्त्रीलाई मन्त्रालयले जे जे गर्नुपर्ने छ, त्यो साविकको वातावरणमा आज यो पारित हुँदैन, अनि यसरी घुसाउने। औषधि ऐनमा संशोधन गर्न भनेर म आफै मन्त्री हुँदादेखिको ड्राफ्ट तयार भएर राखेको छ। त्यो कहिले अगाडि बढ्दैन। कोशिस गरियो, काम गर्दागर्दै छाडेर आउनुपर्‍यो। अहिले यो दुईटा प्रावधान यहाँ घुसाइएको छ, मेरो लंगलिस्ट छ। यसको यति प्रावधान छ, सबको तयारी गरेका छौँ। समितिमा भेटौँला, त्यहाँ जमेर यसमा लडौँला पनि।

प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु, मसँग बहुमत छ, यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका हुन् भनेर डन्ट टेक अज ग्रान्टेड। हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ। सांसदलाई जसरी व्यवहार गरिएको छ। जे गरे पनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनूहोला। 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी
लेबनानमा युद्ध–विराम लागु
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन
सम्बन्धित सामग्री
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो। शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन उक्त निर्देशन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयनको अनुगमन तथा मूल्... शुक्रबार, वैशाख ४, २०८३
संसदका सबै गतिविधि पारदर्शी बनाउँछु : सभामुख शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आबद्ध सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख अर्यालले आफूले संसदका सबै गत... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेबनानमा युद्ध–विराम लागु शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन शुक्रबार, वैशाख ४, २०८३
संसदका सबै गतिविधि पारदर्शी बनाउँछु : सभामुख शुक्रबार, वैशाख ४, २०८३
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्