काठमाडौं– नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु संक्रमितलाई विशेष सेवा प्रवाह गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कार्कीले उक्त माग गरेका हुन्।
‘डेंगु रोग संक्रमितको समुचित प्रबन्ध गर्नका निमित्त, जटिल अवस्थामा पुगेका बिरामीहरुलाई विशेष अस्पतालको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु,’ सांसद कार्कीले भने।
सांसद कार्कीले डेंगु रोग देशको सर्वत्र भागमा फैलिरहेको र यसले नेपालीलाई आतंकित बनाइरहेको पनि उल्लेख गरे। सांसद कार्कीले आफ्नो गृहजिल्ला सुनसरीमा यसले विकाराल अवस्था बनाएकाले सरकारलाई थप संवेदनशील हुन आग्रह समेत गरेका छन्।
‘डेंगीले सुनसरी आतंकित भएको छ। अस्पताल जाने ७० प्रतिशतहरु डेंगु रोगले संक्रमित भएका छन्,’ सांसद कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।