काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन छिट्टै सदनमा आउने बताएका छन्। यसअघि मन्त्रिपरिषद्बाट अनुमोदन भएर टेबल गर्ने भने पनि बीचैमा गुमनाम भएको विधेयक छिट्टै सदनमा ल्याउने प्रधानमन्त्रीले जानकारी गराएका हुन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्रीले उक्त कुरा उल्लेख गरेका हुन्।
‘जनताको चासो र हामीले त्यसलाई गहन ढङ्गले अध्ययन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने भएर ढिलो भयो, तर अब छिट्टै त्यो सदनमा प्रस्तुत हुँदैछ,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।