काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्स, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले उनीहरुलाई सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।