काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षले मुन्धुमअनुसार लिम्बुहरूले गाई गोरुको बलि चढाउने चलन छ भनी गलत प्रचार भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् उनले गैरलिम्बू जनजातिहरूले लिम्बूहरूले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको भन्दै उनले दु:ख व्यक्त गरेका छन्।
उनले किराँत धर्मको साम्जिक मुन्धुममा गाई-गोरुभन्दा त किरा-फट्याङ्ग्राको बलि पनि निषेध भएको बताएका छन्।
उनले भनेका छन्, ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानून्। तर किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा,फट्याङ्गा, कुखुरा, परेवा, हाँस, भेँडा, बाख्रा, राँगा, भैँसी वा कुनै पनि जीवजन्तुको हत्या(बलि) निषेध छ!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।