काठमाडौं- प्रतिनिधि सभाका १० वटै विषयगत समितिको नेतृत्व निर्विरोधरुपमा छानिएको छ। प्रतिनिधि सभाका १० वटा र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त एउटा गरी ११ वटा समितिका सभापति चयन भएको हो।
प्रतिनिधि सभाको निर्वाचन भएको १० महिनापछि विषयगत समितिको नेतृत्व चयन भएको हो। प्रतिनिधि सभा निर्वाचन गत २०७९ मंसिर ४ गते सम्पन्न भएको थियो।
निर्वाचनपछि प्रतिनिधि सभा बैठक २०७९ पुस अन्तिम साता सुरु भएको थियो।
विषयगत समिति गठनमै समेत ढिलाइ भएको थियो। गत वैशाख १५ गते मात्रै समितिहरु गठन भएका थिए।
दलहरुबीचको आपसी र आन्तरिक द्वन्द्व, भागबन्डा र गुटबन्दीका कारण समितिले लामो समयदेखि नेतृत्व पाउन सकेका थिएनन्। संसदीय समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा राप्रपा र एकीकृत समाजवादीबाट संसदीय समितिका सभापति बनेका छन्।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेले भागबण्डा गर्दा प्रतिनिधि सभामा चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने संसदीय समितिमा नेतृत्वविहीन बन्न पुगेको छ।
कुन समितिमा को निर्वाचित?
अर्थ समिति- सन्तोष चालिसे/कांग्रेस
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति- आरजु राणा/कांग्रेस
संसदीय सुनुवाई समिति (संयुक्त)- जीवन परियार/कांग्रेस
राज्य व्यवस्था तथा सुशासन समिति- रामहरि खतिवडा/कांग्रेस
सार्वजनिक लेखा समिति- ऋषिकेश पोखरेल/एमाले
महिला तथा सामाजिक मामिला समिति- किरणकुमार साह/एमाले
कानून, न्याय तथा मानव अधिकार समिति- विमला सुवेदी/माओवादी केन्द्र
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति- अब्दुल खान/जनमत
पूर्वाधार विकास समिति- दीपक सिंह/राप्रपा
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति- राजकिशोर यादव/जसपा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति- भानुभक्त जोशी/एकीकृत समाजवादी
1693220145.jpg)
1693220122.jpg)
1693219480.jpg)
1693219480.jpg)
1693219479.jpg)
1693219477.jpg)
1693219477.jpg)
1693219475.jpg)
1693219474.jpg)
1693219472.jpg)
1693219472.jpg)
1693219470.jpg)
1693219470.jpg)
1693219467.jpg)
1693219465.jpg)
1693219465.jpg)
1693219462.jpg)
1693219462.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।