काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सर्वसम्मत सभापति चुनिएका हुन्।
पराजुलीले उम्मेदवारी फिर्ता लिँदै जनमतसँग रास्वपाको प्रतिस्पर्धा नभएको बताए।
प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्। रास्वपा र जनमतको उम्मेदवारी परेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मात्रै निर्वाचन हुन लागेको थियो।
रास्वपाले मुस्लिम समुदायबाट आएका खानलाई सभापतिमा रोक्ने आफूहरुको कुनै चाहना नभएकाले फिर्ता लिएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।