काठमाडौं– नेपालमा अब हुने निर्वाचनमा मतपत्रमै ‘नो भोट’ (कसैलाई मत दिन्न) भन्ने व्यवस्था लागू हुने भएको छ। निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने बनेको प्रस्तावित ऐनको मस्यौदामा उक्त प्रवाधान राखिएको छ।
सो मस्यौदा अहिले गृहमन्त्रालयमा अध्ययन भइरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएका छन्।
कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने (नोटा) गरी मतदातालाई तोकिए बमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न लागिएको आयोगले प्रस्तावित मस्यौदामा उल्लेख छ।
यस्तै, यदि सबै उम्मेदवारलाई अस्वीकार गर्छु भन्ने मत सदर मतको ५१ प्रतिशत बढी भएमा निर्वाचननै रद्द हुने प्रवाधान राख्न आयोगले प्रस्ताव गरेको मस्यौदामा राखिएको छ।
यसअघि सर्वोच्चबाट परमादेश आए पनि मतपत्रमा नो भोटको व्यवस्था राखिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।