तस्बिर : प्रदीपराज वन्त काठमाडौं- प्रधानमन्त्री कार्यालय बालुवाटारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यमन्त्री, मुख्य सचिव तथा सचिवहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ।
बैठकको सुरुवातमा अहिले योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले समितिमा आफ्नो धारणा राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।