काठमाडौं- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा सुधार देखिएको छ।
शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ।
मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईका अनुसार ज्वरो आएपछि अस्पतालमा जाँच गर्दा उनलाई डेङ्गु सङ्क्रमण देखिएको थियो। त्यसपछि उनी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय मन्त्री लिम्बूको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।
मन्त्री लिम्बू केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।