ललितपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवास उद्घाटन गरेका छन्। ललितपुर महानगरको सैंवुस्थित नवनिर्मित भवनको आइतबार उद्घाटन गरेका हुन्।
उनले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका छन्। सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्रीको निवाससमेत अवलोकन गरेका छन्।
प्रदेश प्रमुख र मुख्यमन्त्री संघीय राजधानी आउँदा त्यहाँ बस्नेछन् भने सम्पर्क कार्यालयले संघसँग समन्वय त्यहिँबाट गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।