काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार ९ सय ९३ दशमलब ३८ कायम भएको छ।
आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कुल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता सेयर रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। साथै स्वाभिमान लघुवित्त ६, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ।
यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर ९ दशमलव ६३, लिवर्टी इनर्जी ६ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।