काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा आफ्नो तर्फबाट उम्मेदवारी दिने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ।
संसदीय समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सत्ता पक्षका दलहरुसँग सहमति गरेको छ। सत्ता पक्षसँगको सहमतिका आधारमा भागबण्डा मिलाएर एमालेले ३ वटा समितिको नेतृत्व पाएको छ।
एमालेले पाएका तीन समिति सभापतिमा सार्वजनिक लेखा समितिको सभापति मोरङबाट निर्वाचित ऋषिकेश पोखरेलले उम्मेदवारी दिने भएका छन्। महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार रौतहटबाट निर्वाचित किरणकुमार साहलाई बनाइने भएको छ।
एमालेले पाएको अर्को समिति हो राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिको सभापतिका लागि एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।