काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रीमोहन बहादुर बस्नेतले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँग भेट गरेका छन्।
डेंगुबाट संक्रमित भएपछि वीर अस्पतालमा उपचाररत मन्त्री लिम्बूलाई स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य लाभको कामना गरेका छन्।
मन्त्री लिम्बु शनिबार वीर अस्पतालमा भर्ना भएका थिए। मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किएका थिए। स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेका हुन्।
अस्पतालको भीआइपी कक्षमा डा ध्रुव गैरेको टिमले उनको उपचार गरिरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार मन्त्री लिम्बूलाई डेंगु संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।