जनकपुरधाम– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताउँदै शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको बताए।
जनकपुरधामको श्री महावीर युवा कमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुकाे पदभार तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए।
जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरु हुनुपर्ने बताउँदै उनले महावीर युवा कमिटी जस्ता यहाँका युवाहरुले सामाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजी गरी सम्मान गर्नुपर्ने बताए।
उनले भने, ‘केन्द्रीय सरकार संघीयताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघीय कानुन अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन। त्यसैले संघीयता बचाउन आन्दोलनको आवश्यकता छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।