काठमाडौं- लागुपदार्थ सेवन गरी सवारी चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवनगरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सर्लाहीको लालबन्दी-१६ परवानीपुरका २८ वर्षीय जनक, धनुषाको जनकपुर-७ का ३८ वर्षीय प्रभाष कुमार झा र दोलखा भिमेश्वर नगरपालिका-६ का ४२ वर्षीय सन्तोष भण्डारी रहेका छन् ।
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले शुक्रबार १४ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भनेलागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।