काठमाडाैं- प्रतिनिधि सभाका दश वटा विषयगत समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुँदैछ।
समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बसेकाे संसदीय दलकाे बैठकले उक्त निर्णय गरेकाे रास्वपाका सचेतक सन्ताेष परिवारले जानकारी दिए।
उनले अन्य समितिका लागि आन्तरिक छलफल गर्ने बताए।
बैठकपछि परियारले भने, 'सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्नेछौं।'
भदौ १० गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारीको प्रस्ताव गर्ने कार्यक्रम छ। सोही दिन ४:३० मा दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।