फाइल तस्बिर विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कुबुद्धिका कारणा कोशी प्रदेशमा अस्थिरता आएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
'कोशी प्रदेश सरकार त बनेकै थियो। यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले यहाँ अस्थिरता आएको न हो,' उनले भने, 'सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने, गराउने। सभामुखलाई राजीनामा गराएर संकट खडा गराउने। यस्ता खालको काम सत्तापक्षले गरेर समस्या आएको हो।’
यसैगरी उनले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताए। देशको इज्जतका र मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने उनकाे भनाइ थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।