• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

त्रास फैलाउने ऐन

64x64
नेपाल लाइभ बुधबार, भदौ २०, २०७५  ०३:१४
1140x725

एउटै अस्पतालका दुई भिन्न परिदृष्य:
पहिलो, एउटा सिकिस्त ६५ वर्षे वृद्धा जटिल शल्यक्रिया पश्चात् निको भएर घर फर्कने तरखरमा छिन्। उनको परिवार त्यहाँको चिकित्सकको गुणगान गरेरै थाक्दैनन्। उज्यालो अनुहारमा तिनी पनि सो चिकित्सकलाई ‘भगवान्’कै उपमा दिन पनि पछि पर्दिनन्।

दोस्रो, मापसे गरी सवारी चलाउँदा दुर्घटनामा परेपछि रगतपच्छे भएर ल्याइएको युवकलाई इमर्जेन्सीका चिकित्सकले ‘मृत’ घोषणा गरे। त्यसपछि ‘डाक्टरको लापरवाहीले बिरामीको मृत्यु’ भएको भन्दै भीड जम्मा भएर ती डाक्टरमाथि हातपात गर्न थाल्यो। त्यहाँ ती चिकित्सकको दानवीकरण हुँदै थियो। अस्पतालसँग क्षतिपूर्ति माग्न थालिएको थियो। उत्तेजित भीडले अस्पताल तोडफोड गर्न पनि लागेको थियो।

अचम्म छ! एउटै व्यवसाय –चिकित्सा सेवा। अनि व्यवसायी –चिकित्सक। कहीँ देवत्वकरण अनि कतै दानवीकरण!

चिकित्सा पेशा मानव जीवनसँग अभिन्न रुपमा गाँसिएको विशिष्टीकृत व्यवसाय हो, यसमा कसैको दुई मत छैन। चिकित्सकले आफ्नो अमूल्य समय स्वास्थ्य शिक्षा हासिल गर्न अनि चिकित्सकीय सीप आर्जन गर्न लगाएका हुन्छन्। आफूले परिश्रमका साथ स्वआर्जन गरेको ज्ञान र सीप लगाएर बिरामीको हरतरहले जीवन बचाउन अनि त्यो जीवनलाई गुणस्तरीय, स्वस्थ, सबल अनि सक्षम बनाउनका लागि नै डटिरहेका हुन्छन्, ती चिकित्सक। कोही पनि डाक्टरले आफूले उपचार गरेका बिरामी निको नहुन् अझ मरुन् भन्ने एकरत्ति पनि सोचेका हुँदैनन्।

मेरो आफ्नै स्वास्थ्य शिक्षाको क्षेत्रमा प्रवेश गरेको १९ वर्षको अनुभवलाई मानौं या डाक्टरी डिग्री हासिल गरेपछिको १२ वर्षको हिसाव गरौं, यो कुरा ठोकुवाका साथ नै भन्न सक्दछु कि कुनै पनि चिकित्सकले बिरामीको जाति, वर्ण, धर्म, लिंग, सम्प्रदाय या आर्थिक स्थितिको मापदण्ड लगाएर उपचार सेवा गर्दै गर्दैनन्। यो तिनको चिकित्सकीय धर्म हो, व्यावसायिक आचार संहिताको कसी नै हो। त्यसैले त यो पेशालाई सेवामुखी मानिएको छ। रात–बिहान, पारिवारिक कष्ट, सामाजिक कर्तव्य, व्यक्तिगत समस्या या इच्छा, सबैलाई तिलाञ्जली दिएर अहोरात्र सेवामै खटिने चिकित्सकहरु पनि त आखिरमा मानिस नै त हुन्। त्यसैले आफ्नो ज्ञान र सीपको परिधिभित्र रहेर उपचार कार्य गर्दा कहिलेकाहीं भवितव्य नै नपर्ला भन्न त नसकिएला नि! कसैको जीवनमरणको ग्यारेन्टी नै लिन सक्ने ‘ईश्वर’ नै त होइनन्  नि चिकित्सक। त्यस्तै कसैको ‘ज्यान नै लिन्छु’ भनेर सोच्न सक्ने ‘दानव’ नै पनि त होइनन्। चिकित्सकहरु ‘मानव’ हुन्, मानवीय कमीकमजोरी तिनमा पनि छ, तिनलाई ‘मानव’ नै रहन देओस् समाजले अनि राष्ट्रले पनि।

कुरा हो यही भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी ऐनको फौजदारी कार्यविधि संहिता परिच्छेद १९ मा रहेको ‘इलाज सम्बन्धी कसूर’को। यसमा खण्ड २३१ मा ‘बदनीयत चिताई’ उपचार गरेर ज्यान गएमा ज्यानमारा सरहको फौजदारी कानुन लाग्ने कुरा उल्लेख गरिएको छ। त्यस्तै खण्ड २३२ मा ‘लापरबाही’ या ‘हेलचेक्र्याइँ’ गरी इलाज  गर्दा ज्यान गएमा या अंगभंग भएमा पनि त्यस्तै कानुन आकर्षित हुने कुरा छ।

ठीकै छ, कसैको कारणले अरु कोहीको ज्यान जानु गम्भीर घटना नै हो, यसमा दोषीलाई कारवाही हुनु नै पर्दछ। तर यहाँ बुझ्न नसकिने के छ भने ‘बदनीयत चिताएको’ ‘लापरबाही’ या ‘हेलचेक्र्याइँ’ भएको प्रमाणित गर्ने कसले? माथि परिदृश्य (२) मा उल्लेख भएझैं भीडले? बिरामीका आफन्त (जो आफ्ना बिरामी सधैंभरि जीवितै देख्न चाहन्छन्)ले ? या ‘यमराज’ले? अचम्म छ, ऐनले बिना कुनै स्पष्टिकरण कारबाहीको कुरा गर्दछ, फौजदारी अभियोग नै लगाउँछ।

अर्थात् अब त अस्पतालमा कोही पनि मर्नै नहुने भो! कोही मर्‍यो कि डाक्टर अपराधी? यस्तोमा न्याय–निसाफ कोबाट अनि कसरी होला? कोही चिकित्सकले अब ‘सिरियस केस’ आफ्नो टाउकोमा किन लेलान्? राजधानी या शहर केन्द्रित सुविधासम्पन्न अस्पतालमा त अफ्ठ्यारो छ भीडतन्त्रले गर्दा भने दूरदराजका दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकको मनोबल कस्तो रहला? ‘कहाँ रिफर गर्ने?’ या ‘भीडको सामना कसरी गर्ने?’ या ‘मुद्दा नै परेमा कसरी बाँच्ने?’ हरदम यस्तै तनावमा रहने डाक्टरले बिरामीको उपचार कसरी गर्न सक्लान्? कि त डाक्टरहरुमा पनि हिन्दी धारावाहिकहरुमा देखाएझैं तिलस्मी हात हुनुपर्‍यो–छुँदासाथ बिरामी निको हुने, नत्र भने सबै डाक्टरहरुले कमाण्डो तालिम लिनुपर्‍यो –भीडलाई सजिलै नियन्त्रण गर्न।

nimb
nimb
Ncell 2
Ncell 2

कस्तो ऐन बनेको हो यस्तो? स्वास्थ्य पेशालाई ‘सेवा’ पनि भन्ने, डाक्टरहरुलाई अरु व्यवसायमा झैं कामबाट विश्राम लिने छुट पनि नहुने। आफ्नो सीपको प्रयोग गर्दा परिणाम शतप्रतिशत अनि ‘सकारात्मक’ नै हुनुपर्ने। अनि चोर, डाँका, व्यभिचारी, भ्रष्टाचारीलाई झैं फौजदारी कानुन लगाएर नियन्त्रण पनि गर्न खोज्ने? बालक अपहरणकारी अनि हत्याराको समेत मानव अधिकारको चर्चा हुने देशमा डाक्टरहरुको मानव अधिकार चाहिँ नहुने?

यसले कतातिर डोर्‍याउला? यसको मारमा त सर्वसाधारण जनता नै त पर्लान् नि होइन र? जसले भीड जम्मा गर्न सक्दैनन्, जसले ‘वकिल हायर’ गर्न सक्दैनन्, अनि जो विदेशतिर लाग्न सक्दैनन्, तिनीहरु नै त पीडित बन्ने होलान् नि, होइन र?

मारमा त सोझा चिकित्सकहरु पनि पर्दछन्, जो खुरुखुरु ‘स्वास्थ्य विज्ञान’ मात्रै पढेर अगाडि बढे, जसलाई कानुनको कखरा थाहा छैन। तिकडम र ‘कानुनका नौ सिङ’ चलाउन सिपालु कानुन व्यवसायीहरुले तिनलाई सजिलै फसाउन सक्ने छन् अब।

यसरी हातखुट्टा बाँधिएर, आँखा छोपिएर, अनि अगाडि ‘यमराज’को डर देखाइएर व्यवसाय गर्न बाध्य चिकित्सकले कसरी गर्न सक्लान् बिरामीको उपचार? सम्बन्धित निकायले ध्यान दिन जरुरी छैन र?

एउटा चिकित्सकको रुपमा एउटै मात्र सार्वजनिक अनुरोध छ मेरो, कृपया हामीलाई ‘ईश्वर’ बनाउन नखोज्नुहोस्। हामीलाई ‘दानव’का रुपमा देखाउने चेष्टा पनि नगर्नुहोस्। कृपया हामीलाई ‘मानिस’कै रुपमा गरीखान दिनुहोस्।

(लेखक डा रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्