काठमाडौं– राप्रपा नेपालले राजंस्था पुनःस्थापनाको एजेण्डालाई आफ्नो मुख्य कार्यनीति मान्ने भएको छ। यसअघि २०७८ बाट त्यागेको उक्त कार्यनीति पुन: फिर्ता लिइएकोअध्यक्ष कमल थापाले घोषणा गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्रमा उक्त कुरा उल्लेख छ।
‘कालान्तरमा २०७८ सालपछिको विशिष्ठ परिस्थितिमा पुन:जागृत राप्रपा नेपालले राजसंस्था पुनःस्थापनालाई पार्टीको कार्यनीति बनाएको थिएन,’ कार्यपत्रमा भनिएको छ।
अगाडि थापाले अब राजसंस्था अपरिहार्य भएको भन्दै आफ्नो कार्यपत्रमा लेखेका छन्, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र समेत राप्रपा नेपालको मूलभूत विचार हुनेछ। राजसंस्थाको पुनर्स्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेण्डामध्ये एक हुनेछ।’
पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।