काठमाडौं- नेकपा एमालेको सिरहामा बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्तिमार्फत् बैठक स्थगित भएको बताएका हुन्।
‘नेकपा (एमाले) केन्द्रीय सचिवालयको २०८० भदौ ९ गते सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं. ४ मा आयोजित विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको व्यहोरा जानकारी गराइन्छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अविरल वर्षा, बाढीका कारण बैठक स्थगित भएको जानकारी उनले बताएका छन्।
तत्कालीन मालेको चौथो महाधिवेशन यही स्थानमा भूमिगत रुपमा बसेको थियो। महाधिवेशनका लागि काठको दुई तले घर नै बनाइएको थियो। सोही घरमा केन्द्रीय सचिवालय बैठक बस्ने तयारी गरिएको थियो।
सोही बैठकबाट मालेको महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए।
यो पनि : मालेले चौथो महाधिवेशन आयोजना गरेको त्यो घर, जहाँ ३४ वर्षपछि बस्दैछ एमालेको सचिवालय बैठक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।