• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

शिव शिखर सहकारी प्रकरण: काठमाडौंका बचतकर्ताबाट मात्रै ७८ करोड बढी ठगी

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०८०  १२:३५
1140x725

काठमाडौं– शिव शिखर बहुउदेश्यीय सहकारीले काठमाडौं उपत्यकाबाट मात्रै ७८ करोड रुपैयाँ भन्दा बढी ठगेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको लामो अनुसन्धानबाट यो सहकारीका सञ्चालक केदारनाथ शर्माले उक्त रकम ठगी गरेको खुलेको हो। 

काठमाडौंमा मात्रै यो सहकारीका २१ हजार ३६९ सदस्य छन्। उनीहरुले सहकारीकामा २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ बचत गरेको देखिएको छ। उक्त रकममध्ये १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ शर्मासहितका व्यक्तिले हिनामिना गरी ठगी गरेको खुलेको हो। 

काठमाडौंबाट मात्रै ७८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेपछि सोही अनुसारको मागदाबी गर्दै ठगी तथा संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। सीआईबीले लामो अनुसन्धानपछि फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो। सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ। 

यो ठगी प्रकरणमा सहकारीका सञ्चालक तथा निवर्तमान अध्यक्ष काठमाडौं महानगरपालिका–४ सुकेधारा घर भएका केदारनाथ शर्मा, शर्माकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य ३९ वर्षीय रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक ४५ वर्षीया रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर ३५ वर्षीय पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई पक्राउ गरी प्रतिवादी बनाइएको छ।

उनीहरुमध्ये गीता, पुस्कर र अमिश भने यसअघि नै सहकारीको अर्को ठगी प्रकरणमा पक्राउ परेर अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। 

त्यसैगरी संस्थाको भक्तपुर सञ्चालक समितिका अध्यक्ष ३७ वर्षीय सुशील बानियाँ, संस्थाका सचिव तथा गोरखा टि एण्ड कफीका अध्यक्ष ४४ वर्षीय तेजबहादुर तामाङ, संस्थाका सदस्य ३६ वर्षीय राजु शाखकर्मी, सदस्य ३४ वर्षीय दीपक बहादुर ऐर, संस्थाका व्यवस्थापक ५१ वर्षीय लिलानाथ गौतम, संस्थाका उपाध्यक्ष ४९ वर्षीय भोजराज पौडेल, लेखा समितिका पदाधिकारी ४५ वर्षीय शुदर्शन कपाली, ४१ वर्षीय प्रदीप भट्टराई, संस्थाको ऋण अधिकृत ४४ वर्षीय त्रिचन्द्र सुवेदी, लेखासुपरीक्षण समितिका सदस्य ३८ वर्षीय कुमार श्रेष्ठ, लेखा अधिकृत ४० वर्षीया शमिना श्रेष्ठ, ऋण अधिकृत ३५ वर्षीय बालमुकुन्द कपालीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। 

यो ठगी प्रकरणका मुख्य नाइके केदार शर्मालाई सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो। उनलाई असार १२ गते मुम्बईबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान गरिएको थियो। 

यो सहकारीले काठमाडौंमा मात्र नभइ देशका विभिन्न जिल्लाहरुमा समेत ठूलो रकम ठगी गरेको खुलेको छ। देशका मुख्य शहरहरुमा शाखा रहेको यो सहकारीले अर्बौं रकम ठगेको भन्दै अन्य ठाउँहरुमा समेत उजुरी परिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न शहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको थियो। अन्य ठाउँका हकमा पनि अनुसन्धान भइरहेको छ। अन्य ठाउँको ठगीको बारेमा छुट्टै मुद्दा चल्ने बताइएको छ।

नेपालभर यो सहकारीका १ लाख ६८ हजार ७२५ बचतकर्ता छन्। उनीहरुबाट १० अर्ब २९ करोड २९ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम यो सहकारीले संकलन गरी घोटाला गरेको पाइएको छ। यसरी बचतकर्ताबाट संकलन गरिएको रकम सञ्चालक तथा अध्यक्ष शर्मासहितका व्यक्तिले बिना धितो आफूखुसी लैजाने, विभिन्न ठाउँमा लगानी गर्ने गरेको पाइएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए। 

शिखर अर्गनाइजेन लिमिटेड मातहत ३० वटा कम्पनीहरु सञ्चालनमा छन्। उपकार मिडिया, गोरखा टि एण्ड कफी, ब्रिटिस गोर्खा गोल्डेन प्रालि, गोरखा बेभरेज, गोरखा शप एण्ड केमिकल इन्डस्ट्रिज प्रालि, पेट्रोल पम्प, गार्डेन मार्ट र उद्योग खोल्न भन्दै जग्गा खरिद गर्ने तथा लगानी गरेर बचतकर्ताको रकम हिनामिना गरेको निष्कर्ष सीआईबीको छ।

शिव शिखर सहकारीबाट ठगिएका बचतकर्ताहरु:

Xtrem

Xtrem

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ !
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज १९, २०८३
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
सुनचाँदीको मूल्य घट्यो सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६०  ले घटेको हो । आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्