काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
बैठकमा पार्टीले संसद्मा दर्ता गराएको संकल्प, संसद्का विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसद्मा तथा अन्य सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ।
संसद्को विषयगत समितिहरुको सभापति छान्ने विषयमा आफ्नो दललाई अन्य दलहरुले बाइपास गरेपछि बैठकमा त्यस विषयमा छलफल हुने बताइएको छ। रास्वपाले संसदीय दलमा सामूहिक छलफल गरेर मात्र संसद् बैठकमा सहभागी हुने अभ्यास थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।