काठमाडौं– बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी गोर्खाको फुजेलमा जन्मिएका हुन्। अहिले उनी बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन्।
संघको ११ औं महाधिवेन १७ अक्टोबरदेखि हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।