काठमाडौं– नेपाल भ्रमणमा रहेका जापानको माथिल्लो सदनका सांसदहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति कार्यलयले बिहीबार जारी गरेको एक विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेको छ।
‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष जापानको संसद्को माथिल्लो सदनका माननीय सदस्यहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यहरूसमेत रहनु भएका माननीय कोब्यासी कज्हिरो र नागाइ मान्बोबाट शिष्टाचार भेट भयो,’ विज्ञप्तिमा उल्लेख छ।
उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।