• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

क्यानडा हिँडेका विद्यार्थीहरूलाई विमानस्थल पुगेपछि थाहा भयो– टिकट त नक्कली रैछ!

अग्रिम पैसा लिएर नक्कली टिकट दिएको भन्दै ट्राभल एजेन्सीमा पीडितको धर्ना
64x64
समर्पण श्री बुधबार, भदौ ६, २०८०  १३:५७
1140x725

काठमाडौं– नयाँ बानेश्वरस्थित ट्राभल एजेन्सी रुड अफ डेस्टिनेसनले क्यानडाको भिसा लागेका ६० भन्दा बढी विद्यार्थीलाई ठगी गरेको पाइएको छ। 

क्यानडाको टिकट काटिदिने भन्दै पैसा असुलेको उक्त एजेन्सीले ठगी गरेको पाइएपछि पीडित विद्यार्थीहरूले यतिबेला कार्यालय घेराउ गरिरहेका छन्। 

एजेन्सीका सञ्चालक अनिल रिजाललाई पीडितहरूले घेरिरहेका छन्। ‘घरबाट बिदाइ भएर हिँडेकाहरू एअरपोर्टमा पुगेपछि अलपत्र परे। कसैको जाने दिन आज (बुधबार) थियो, कसैको भोलि (बिहीबार) छ,’ पीडित विद्यार्थी विशालप्रसाद शर्माले भने , ‘न टिकट मिलाइदिन्छ। न पैसा फिर्ता दिन्छ। हामी त अलपत्र पर्‍यौँ।’

विशाल आफ्नो क्यानडाको भिसा लागेपछि नबिल बैंकको डेढ लाखको जागिर छाडेर उड्ने तयारीमा थिए। तर नक्कली टिकट परेपछि उनीसँग न उड्नका लागि टिकट छ, न पैसा। ‘मेरो आज पौने १२ बजेको फ्लाइट थियो। अब बिजोग भयो,’ उनले भने।

पीडितहरू भन्छन्– हाम्रो जिन्दगी बर्बाद भयो

४७ वर्षीय घनश्याम रेग्मीले छोरी सन्ध्या रेग्मीलाई क्यानडामा पढ्न पठाउन ३२ लाख खर्च गरे। उनले बैंकमा जग्गा धितो राखे, सहकारी र आफन्तबाट ऋण लिए। छोरीको भिसा लाग्यो। भिसा लागेपछि इण्डियन आर्मीको जागिर छाडेर उनी घर फर्किए। 

सन्ध्याले चार महिनाअघि टिकट काट्नका लागि रुड अफ डेस्टिनेसनलाई १ लाख ८५ हजार रुपैयाँ अग्रिम दिएकी थिइन्। ‘उसले उतिबेलै फेक टिकट जारी गरेको रहेछ। इन्टरनेटमा टिकट छ कि छैन भनेर खोज्दा कहीँ पनि देखिएन। जाने बेला भयो भनेर हतारिएर घरबाट बिदाइ भएर छोरी आइन्। आउँदा टिकट नै बनेको रहेनछ,’ घनश्यामले सुनाए। उनकी छोरी ३० अगस्टसम्म क्यानडा पुगिनन् भने भिसाको म्याद सकिन्छ।  ‘अर्को टिकट काट्ने पैसा छैन। हाम्रो जिन्दगी नै बर्बाद हुने भयो,’ घनश्यामले पीडा पोखे। 

Ncell 2
Ncell 2
nimb
nimb

दगिरी शेर्पाकी छोरी कृष्णरु शेर्पा १४ अगस्टमा क्यानडा जान घरबाट बिदा भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइन्। विमानस्थल आइपुगेपछि थाहा पाइन्, टिकट त नक्कली परेछ। ‘भएभरको जायजेथा बेचेर छोरीलाई क्यानडा पठाउन लागियो। भिसा लागेपछि हामीले २ लाखमा गत वैशाखमा टिकट बुक गरेका थियौँ। तर टिकट नक्कली भएपछि हामी बिचल्लीमा छौँ,’ दगिरी  शेर्पाले भने, ‘छोरीको होस्टेल छुट्यो, ओरेन्टेसन कक्षा पनि छुट्ने भयो। उनका साथीहरू जागिरमा सेटल्ड भइसके। छोरीको भिसा क्यान्सिल हुने अवस्थामा पुगिसक्यो।’

तत्काल टिकट काट्नुपर्‍यो भने ४ लाखभन्दा बढी लाग्ने उनले बताए। ‘न टिकटको ग्यारेन्टी छ, न पैसा फिर्ता गर्छ। तत्काल ५ लाख खोज्न सक्दिनँ म। हर्टअट्याक नै होला जस्तो भइसक्यो,’ उनले रुँदै भने।

अर्का पीडित अभिशेष श्रेष्ठकी दिदी रोमिता पनि यतिबेला रुड अफ डेस्टिनेशनको कार्यालय घेराउ गरिरहेकी छन्। ‘३ महिनाअगाडि टिकट बुक गरेका थियौँ। भाइ बुझ्न आइरहेको थियो। १ हप्तादेखि बा नै आएर बुझ्न थाल्नुभयो। भोलि आउँछ भन्दाभन्दै टिकट आएन,’ रोमिताले भनिन्।

झापाका प्रवेश घिमिरेको फ्लाइट २४ अगस्टमा थियो। उनले जुन टिकट पाएका थिए, शंका लागेर बुझ्दै जाँदा त्यो नक्कली टिकट रहेछ। उनले एजेन्सीको अनिल रिजाललाई यसबारे भने। अनिलले भने, ‘नक्कली टिकट हैन। हामी विश्वासिलो कम्पनी हौँ। अहिले अनलाइनमा टिकट नदेखाएको मात्र हो।’

२४ अगस्टमा भनिएको फ्लाइट क्यान्सिल भएर २६ मा पुगेको उनै अनिलले बताए। ‘म जान भनी ठीक्क परेर घरबाट आएँ। अफिस आउँदा फ्लाइट रिजेक्ट भएर ५०/६० जना पीडित अफिस घेराउ गरिरहेका रहेछन्,’ उनले भने।

एजेन्ट भन्छन्– केही दिन कुर्नुस्, ब्याजसहित जोडेर दिन्छु
एजेन्सीका अनिल रिजाल यतिबेला आफ्नै कार्यालयमा पीडितहरूको घेराबन्दीमा छन्। उनलाई र पीडितलाई सँगै राखेर प्रहरी पनि छलफलमा जुटिरहेका छन्। पीडित विद्यार्थीहरूको आग्रह छ, ‘कि टिकट काटिदेऊ। कि हाम्रो पैसा फिर्ता देऊ। नत्र भविष्य बर्बाद हुन्छ।’

रिजाल न उनीहरूको टिकट काट्न सक्छन्, न पैसा फिर्ता दिन नै। उनी आश्वासन दिँदै भन्छन्, ‘केही दिन पर्खनुस्। म तपाईंहरूलाई सावाको ब्याजसहित जोडेर दिन्छु।’

छलफलमा जुटिरहेको छ प्रहरी
रिजालको कार्यालयमा प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी निशान श्रीवास्तव सहितको टोली खटिएको छ।

प्रहरीका अनुसार पीडितहरूले अहिलेसम्म मुद्दा दर्ता गरेका छैनन्। ‘हामीले पीडित र एजेन्टसँग छलफल गरिररहेका छौँ। पीडितहरूले मुद्दा दर्ता गर्नुभएको छैन। उहाँहरू कतिको आजभोलि नै क्यानडा उडने मिति रहेछ। थुनामा लग्यो भने न टिकट हुन्छ न पैसा। उहाँहरू छलफलमा नै जुटिरहनुभएको छ। हामी समाधानको कोसिस गरिरहेका छौँ,’ डिएसपी श्रीवास्तवले भने।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम असुलेको बुझिएको... मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्