काठमाडौं– सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका अर्का प्रहरी अधिकारीलाई पनि सरुवा गरेको छ।
गृह मन्त्रालयले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका एसएसपी डा मनोज केसीलाई ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेको हो।
उनीसँगै मन्त्रालयले पाँच जना एसएसपीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय आईजीको सचिवालयमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरेको छ।
खत्रीको ठाउँमा दानबहादुर कार्कीलाई लगिएको छ भने अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई सरुवा गरिएको छ। यस्तै एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।