काठमाडौं– दीपेन्द्र लामाको नयाँ फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ २९ गतेबाट रिलिजमा आउने उक्त फिल्मको ट्रलेरमा अभिनेता दयाहाङ राईलाई चुनावमा उम्मेदवारको रुपमा देख्न सकिन्छ।
उनको लडाइँ वर्षौँदेखि चुनाव जितिरहेका नेतासँग भएको देख्न सकिन्छ। शिशिर वांगेल फिल्ममा खलनायक पात्रको रुपमा देखा परेका छन्। ट्रलेरमा शिशिरले दयाहाङसँग एउटा प्रस्ताव राखेका छन्– दुई जनाबीच जसले हार्छ ऊ नांगिन्छ।
अब चुनाव कसले जित्छ भन्ने थाहा पाउन भदौ २९ नै पर्खनुपर्ने हुन्छ।
अभिनेत्री मिरुना मगर दयाहाङको जोडीको रुपमा छिन्।
फिल्ममा आलोक शुक्लाको छायांकन, वनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।
फिल्ममा दयाहाङ, शिशिर र मिरुनासँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।