काठमाडौं– काठमाडौंको सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५ मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ। बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो। यो घटना असार ३० गतेको हो।
महर्जनले ती बालिकालाई बलात्कार गरेर कसैलाई नभन्नु भन्दै २५० रुपैयाँ समेत दिएका थिए। बलात्कार आरोपमा पक्राउ पर्ने महर्जन बसको समय हेर्न ‘टाइम किपर’को रुपमा काम गर्दै आएका व्यक्ति हुन्।
उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।