काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताएका छन्।
प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने गौरा पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताए।
नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी जानकारी दिए।
विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबिच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको ओलीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।