• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेलायतकी बेबी सिरियल किलर नर्स: ७ शिशुको हत्या, ७ को हत्या प्रयास

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०८०  ०७:४०
1140x725

लन्डन– एक अस्पतालको नवजात शिशु युनिटमा काम गर्ने नर्स लुसी लेट्बीमाथि शिशुको मृत्युमा उनको संलग्नताको आशंका गर्दै विभाग प्रमुख डाक्टरले उजुरी गरे। तर, अस्पताल प्रशासनले लुसी नामकी ती नर्सविरुद्ध लगाइएको आरोपको जाँच गर्नुको साटो डाक्टरलाई चुप लगाउने कोशिस गर्‍यो। जब यो मामला प्रहरीसमक्ष पुग्यो, तबसम्म ७ बच्चाले ज्यान गुमाइसकेका थिए। ७ जना बच्चाको ज्यान बल्ल-तल्ल जोगाइएको थियो।

गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’

बेलायतको चेशायरमा रहेको काउन्टेस अफ चेस्टर हस्पिटलमा ७ जना नवजात शिशुको हत्या र ७ जनाको हत्या कोसिसमा लुसी लेट्बीलाई दोषी ठहर्‍याइएको छ। पहिलो ५ नवजात शिशुको हत्या सन् २०१५ को जुनदेखि अक्टुबरको बीचमा भएको थियो। अन्य २ बच्चाको मृत्यु सन् २०१६ मा भयो। जाँचकर्ताले नर्स लुसी ड्यूटीमा भएका बेला उनीहरुको मृत्यु भएको पाएका छन्।

बीबीसी प्यानारोमा र बीबीसी न्यूजले बेलायतको यस बहुचर्चित सिरियल किलिङ मामलाको सोधखोज गरेको छ। बच्चाको हत्या गर्ने र नवजात शिशुमाथि हानी पुर्‍याएकी उनले आफूलाई कसरी बचाइरहिन् भन्ने खोज यसमा गरिरहेको हो।

सन् २०१५ सम्म हरेक वर्ष २ वा ३ नवजात शिशुको मृत्यु हुन्थ्यो। तर, जुनमा केही अजीव घटना घटे। २ हप्तामा ३ जना नवजात शिशुको मृत्यु भयो। डा ब्रेयरेले म्यानेजर इरियन पावेल र अस्पताल निर्देशक एलिसन केलीसँग बैठक गरे।

ब्रेयरले भने, ‘हरेक पल्टको मृत्युपछि हामीले जाँच गर्‍यौं। त्यसमा पायौं कि ड्यूटीमा लुसी थिइन्।’ तर, उनले यस्तो गर्नेमा कसैलाई विश्वास थिएन। भनियो,  ‘उनी राम्री मान्छे हुन्। उनी हत्यारा हुन सक्दिनन्।’

ती ३ मृत्यु यसै सामसुम भए। अक्टुबरमा फेरि २ शिशुको मृत्यु भयो। त्यतिबेला पनि लुसी नै ड्यूटीमा थिइन्। पहिलोपल्ट ब्रेयरेलाई लुसीमाथि त्यतिबेला शंका लाग्यो, जतिबेला उनी बच्चामाथि हानी पुर्‍याइरहेको देखिएकी थिइन्।

डा ब्रेयरेले युनिट म्यानेजर इरियन पावेललाई आशंका दर्शाए, तर पावेल मान्न तयार नै थिएनन्। अक्टुबर २०१५ को एक इमेलमा उनले मृत्यु दुर्भाग्यपूर्ण भने। तर लेट्बी जोडिनु संयोग रहेको उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

डा ब्रेयरले निर्देशक एलिसन केलीसँग कुरा गरे, तर त्यहाँ पनि उनलाई सुनिएन। डा ब्रेयर र उनका साथीहरु वार्डमा बिनाकारण बच्चाहरु गम्भीर बिरामी भइरहेको कुराले चिन्तित थिए।

शिशुलाई अचानक क्रिटिकल केयर वा अक्सिजन दिनु परिरहेको थियो। त्यो त्यहीबेला हुन्थ्यो, जतिबेला लेट्बी ड्यूटीमा हुन्थिन्।

जब आशंका सत्यमा बदलियो
३ महिनाको अवधिमा २ शिशु मर्ने अवस्थामा पुगेर जोगिए। त्यसपछि वरिष्ठ म्यानेजरसँग डा ब्रेयरेको बैठक भयो। उनको कुरा सुनियो, तर नर्सलाई काम जारी राख्न भनियो।

सन् २०१६ मा अर्को १ नवजात शिशुको मृत्यु भयो। त्यही महिनाको अन्त्यमा ३ बच्चा जन्माएकी आमाका २ बच्चाले २४ घन्टामा त्यहिँ ज्यान गुमाए। जतिबेला ड्यूटीमा लेट्बी थिइन्।

हतार-हतार स्टाफ मिटिङ बोलाइयो। तर,  ब्रेयर भन्छन्, ‘लेट्बीलाई छुट्टी लिन भनियो तर उनले इन्कार गरिन्। त्यसपछि ड्यूटीमा आउन भनियो। उनी ड्यूटीमा आउँदा खुसी र आत्मविश्वासी देखिएकी थिइन्।’

यही समय थियो डा ब्रेयरे र उनका सहकर्मी चिकित्सकको आशंका यथार्थमा बदलियो। उनीहरुले ड्यूटी एक्जिक्युटिभ कारेन रिसलाई लेट्बीलाई ड्यूटीबाट हटाउन भने, तर उनले मानेनन्। त्यसपछि एक अर्को बच्चा यसरी बिरामी भयो कि उनलाई जोगाउन हम्मे-हम्मे पर्‍यो। त्यो समय ड्यूटीमा लेट्बी नै थिइन्।

यसपछि लुसीले अन्य तीन ड्यूटी गरिन्। त्यसपछि उनलाई उक्त वार्डबाट हटाइयो। आश्चर्यजनक रुपमा शिशुको मृत्यु रोकियो। लुसीलाई निलम्बन गर्नुको सट्टा अस्पतालले रिस्क एन्ड प्यासेन्ट सेफ्टी अफिसमा सरुवा गर्‍यो। त्यहाँ नवजात वार्डका संवेदनशील कागजातसम्म उनको पहुँच थियो र साथै उनीमाथिको आशंका जाँचिरहेका केही वरिष्ठ अधिकारीसम्म उनको सम्बन्ध बन्यो।

दबाउने कोसिस
सन् २०१६ मा नवजात शिशु युनिटका एक डाक्टरले ईमेल लेखेर जाँचमा प्रहरीको मद्दत लिने कुरा गरे। तर अस्पताल म्यानेजर राजी भएनन्। मेडिकल निर्देशक इयान हार्वेले जवाफ दिए, ‘कारबाही गरिँदैछ। आगामी दिनमा यसबारे कुनै ईमेल नगर्नू।’

त्यसको दुई दिनपछि डाक्टरहरुको व्यवस्थापकका शीर्ष अधिकारीसँग कुरा भयो। जहाँ प्रहरी बोलाएमा राम्रो नहुने भन्दै चेतावनी दिइयो। त्यसले अस्पतालको छवि खराब गर्ने भनाइ उनीहरुको थियो।

बैठकले रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड केयरबाट नवजात शिशु वार्डको रिभ्यु गराउन भन्यो। उक्त विभागले अनपेक्षित मृत्युको विस्तृत जाँच गर्न सुझायो। त्यसपछि निर्देशक हार्वेले अर्का बाल रोग विशेषज्ञ डा जडेन डाउडनलाई उक्त मामला हेर्न आग्रह गरे। डा डाउडनले ४ बच्चाको फरेन्सिक जाँच गर्न सुझाए, तर यस्तो गरिएन।

सन् २०१७ मा अस्पताल बोर्डको बैठक बस्यो। उल्टै वार्डका नेतृत्वकर्ता डाक्टरले समयमा उपचार नगर्दा मृत्यु भएको निष्कर्ष निकालियो। यसको केही हप्तापछि वार्डका ७ डाक्टरलाई बोलाएर सीईओ टोनी च्याम्बरले उनीहरुलाई लुसीसँग माफी माग्न भने। मामला त्यहिँ सकाउन चेतावनी दिए।

प्रहरी जाँचबाट पत्ता लाग्यो हत्याको तरिका
म्यानेजर के फरमानका अघि डाक्टर ब्रेयरे झुकेनन्। अन्तिममा प्रहरीलाई जाँचको जिम्मेवारी सुम्पियो। प्रहरीले नवजात शिशुको रहस्यमय मृत्युको आपराधिक जाँच सुरु गरे। जाँचको नाम राखियो, ‘अपरेशन हमिङबर्ड।’

प्रहरीलाई डा ब्रेयरे पूरै मद्दत गरिरहेका थिए। त्यही बेला एक मृतक शिशुको रगत जाँचको रिपोर्ट प्राप्त भयो। जसमा इन्सुलिनको मात्रा निकै धेरै देखिरहेको थियो।

शरीरमा यदि इन्सुलिन बन्छ भने सँगै सी-पेप्टाइड पनि बन्छ। तर, सी-पेप्टाइडको मात्रा शून्य थियो रिपोर्टमा। डा ब्रेयरेले भने, ‘त्यो देखेर म चकित परेँ। यसमा एकदमै स्पष्ट थियो कि इन्सुलिन दिएर शिशुलाई मार्ने कोसिस भएको थियो।’

त्यसको केही महिनापछि नर्स लुसीलाई गिरफ्तार गरियो। अस्पतालबाट निलम्बन गरियो। सन् २०१८ मा सीईओ  च्याम्बर्सले राजीनामा दिनुपर्‍यो र कार्यकारीका रुपमा डा सुसान गिल्बी नियुक्त भए।

उनलाई हार्बेले उक्त वार्डका डाक्टरमाथि कारबाही गर्न संकेत गरेका थिए। तर, हार्वे आफूले त्यस्तो नभनेको बताउँछन्। नर्स लेट्बीमाथि ७ बच्चाको हत्या र १५ बच्चाको हत्या गर्ने प्रयास गरेको आरोप लगाइयो। ७ बच्चाको हत्या र ७ माथि कोसिस गरेको आरोप प्रमाणित भयो। म्यान्चेस्टर क्राउन कोर्टका न्यायाधीशले सोमबार उनीविरुद्ध जन्मकैदको फैसला सुनाए।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्