• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली भुटानी शरणार्थी प्रकरण

दोस्रो चरणको अनुसन्धानमा २ इन्सपेक्टरलाई खटाएपछि एआईजीको सरुवा

सरुवाको टार्गेटमा एसएसपी पनि
64x64
नारायण अधिकारी आइतबार, भदौ ३, २०८०  १४:३२
1140x725

काठमाडौं– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्‍यो। गृह मन्त्रालयले लगेको एआईजी सरुवाको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि ५ एआईजीहरुको जिम्मेवारी हेरफेर भयो।

सरुवाका लागि मुख्य ‘टार्गेट’मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, एआईजी श्यामलाल ज्ञवाली थिए। ज्ञवालीको मात्रै सरुवा गर्दा थप विवाद हुने देखिएपछि ५ जना एआईजीको सरुवा गरिएको हो। 

काठमाडौंका उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)को एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पठाएर उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापाको सरुवा गरिएको छ। 

अन्य एआईजीको सरुवाभन्दा अहिले एआईजी ज्ञवालीकै सरुवा केन्द्रमा छ। ज्ञवालीकै प्रत्यक्ष निर्देशन र कमाण्डमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो। जुन प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित अन्य हाइप्रोफाइल व्यत्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। उनीहरु अहिले मुद्दाको पुर्पक्षका लागि थुनामा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धादेखि नै  सत्तासझेदार मुख्य घटक नेपाली कांग्रेस सरकारसँग असन्तुष्ट बन्दै एआईजी ज्ञवालीको तत्काल सरुवा गर्नुपर्ने पक्षमा उभिएको थियो। तर कांग्रेसभित्रै एउटा खेमाले भने उक्त प्रकरणमा राम्रो काम भएको भन्दै गृहमन्त्रीलाई भेटेरै धन्यवाद दिएको थियो। कांग्रेसभित्रकै दुई धारका कारण त्यतिबेला ‘टार्गेट’मा परे पनि एआईजी ज्ञवालीको सरुवा भएको थिएन। अहिले भने पुन: कांग्रेसकै जोडबलमा एआईजी ज्ञवालीको सरुवा गरिएको छ। यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीको सरुवा गर्ने तयारी गरिएको छ। 

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌ बैठकले सरुवाको निर्णय गर्दा एआईजी ज्ञवाली भने अमेरिका थिए। उनी अहिले पनि अमेरिका नै छन्। 

प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका केही पीडितहरु अमेरिकामा समेत छन्। अमेरिका पुगेका ज्ञवालीको उनीहरुसँग पनि भेट हुन सक्ने सम्भावना छ। अमेरिकामा रहेका पीडितहरुबाट ‘बलियो प्रमाण’ फेला पर्ने सम्भावना देखिएपछि शक्ति केन्द्रबाट उनको सरुवाका लागि चर्को दबाब आएको प्रहरी स्रोत बताउँछ।   

ज्ञवालीले सम्भावित ‘बलियो प्रमाण’ फेला पारे थप प्रभावशाली व्यक्ति र नेताहरु तानिने सम्भावना रहेको स्रोतको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘ज्ञवाली सापको भ्रमणका क्रममा अमेरिकामा रहेका पीडितहरुसँग पनि भेट हुन्छ कि भनेर यहाँ चासो र चिन्ता पनि छ। त्यहाँका पीडितबाट केही प्रमाण भेटिएमा त्यसले थप प्रभावशाली व्यक्तिलाई तान्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो, ‘त्यो सम्भावना देखिएपछि अमेरिकाबाट फर्किनु अगाडि नै सरुवा गरियो।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै भएको करोडौं ठगी प्रकरणमा पहिलो चरणको अनुसन्धान भएको थियो। बाँकी केही आरोपी फरार रहेको र थप अनुसन्धान गर्न बाँकी नै रहेको भन्दै श्यामलाल ज्ञवालीको निर्देशनअनुसार दोस्रो चरणको अनुसन्धान खुला राख्दै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। 

सरकार वकिललाई फाइल बुझाउनुअघि प्रहरी परिसर काठमाडौंको कार्यालय, टेकु नै पुगेर एआईजी ज्ञवाली आफैंले मुद्दाको फाइल अध्ययन गरेका थिए। जसक्रममा उनले बाँकी अनुसन्धान खुला राख्ने बाटो कायम राख्दै फाइल बुझाउन निर्देशन दिएका थिए। सोहीअनुसार बाँकी अनुसन्धानको बाटोलाई खुला राख्दै प्रहरीले फाइल बुझाएको थियो।

त्यसपछि दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई बाटो खुला थियो। अहिले एआईजी ज्ञवालीकै निर्देशनअनुसार दोस्रो चरणको अनुसन्धान अघि बढाइएको हो। 

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सम्पूर्ण विवरण केलाएका तथा मुद्दामा बसेर काम गरेका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) नानिकाजी थापा र राजु अधिकारीलाई अहिले दोस्रो चरणको अनुसन्धानका लागि खटाइएको थियो। यो विषय प्रहरीभित्रै पनि गोप्य राखिएको थियो।

परिसर टेकुमा कार्यरत रहेका उनीहरुको अन्यत्र सरुवा भए पनि एआईजी ज्ञवालीको निर्देशनअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा पठाइएको थियो। अपराध अनुसन्धान कार्यालयमा उनीहरुका लागि छुट्टै एउटा युनिट खडा गरेर एसएसपी मनोज केसीले काममा लगाएका थिए। यो विषय सोही कार्यालयमा समेत गुपचुप राखिएको थियो। एआईजी ज्ञवालीको निर्देशनअनुसार सुक्ष्म ढंगले एसएसपीले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढाएका थिए। 

स्मरण रहोस् केसी अपराध अनुसन्धान कार्यालयमा आउनु अगाडि नै नक्कली भुटानी शरणार्थी प्रकरणका उजुरी परेको थियो। २ जना एसएसपीले आफ्नो कार्यकाल सक्दा समेत भुटानी प्रकरणको फाइल अगाडि बढाएका थिएनन्। जब केसीले अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले त्यसपछि मात्रै भुटानी प्रकरणको अनुसन्धानले गति लिएको थियो। उनैले उठान गरेको अनुसन्धानले उक्त प्रकरण हाइप्रोफाइलसम्म पुग्यो र उनीहरु अहिले थुनामा छन्। 

अहिले दोस्रो चरणको अनुसन्धान पनि एसएसपी केसीले सुक्ष्म ढंगले अगाडि बढाएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि भनेर लगिएका २ इन्सपेक्टरकै सक्रियताले अहिले थप १८ जना पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। साउन २९ गतेमात्रै १८ जना पीडितले १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै ३ वटा छुट्टाछुट्टै उजुरी दिएका थिए।

पुन: भुटानी प्रकरणको उजुरी आएको विषय सार्वजनिक हुनेबित्तिकै एआईजी ज्ञवालीलाई उपत्यका कमाण्डबाट हटाइएको छ। पुन: उजुरी आएपछि यसअघि यो प्रकरणमा पक्राउ परकोहरु सबैजनाको थप बयान लिने बाटो खुल्ने र दोस्रो चरणको अनुसन्धान सुरु हुने भएपछि कांग्रेसकै दबाबमा एआईजीको सरुवा भएको प्रहरी वृत्तमा चर्चा छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा ज्ञवालीको ठाउँमा सबैलाई ‘रिझाउन सक्ने’ एआईजी दीपक थापालाई ल्याइएको छ। 

यति मात्रै होइन भुटानी प्रकरणको अनुसन्धान गरेका अपराध अनुसन्धान कार्यालयका एसएसपी केसीको पनि सरुवा तयारी गरिएको छ। पुन: दुई इन्सपेक्टरलाई भुटानी प्रकरणमा उनले अनुसन्धानमा खटाएका थिए। एसएसपी केसीको प्रत्यक्ष कमाण्डमा उनीहरु खटिँदै आएका थिए। उनीहरु २ जनामध्ये १ जना राजु अधिकारी भने अहिले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन्।

एआईजी ज्ञवालीपछि अब एसएसपी केसीसहित परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, ललितपुर परिसरका एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्ने तयारी गृह मन्त्रालयको छ।

दोस्रो चरणको अनुसन्धान अघि बढेसँगै प्रहरी अनुसन्धानको कमाण्ड गरेका प्रहरी अधिकारीकोहरुको सरुवा हुनुले अनुसन्धान हुनेमा आशंका उब्जिएको छ। यद्यपि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने दोस्रो चरणको अनुसन्धानमा विश्वसत हुन आग्रह गरेका छन्। माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान हुने बताएका हुन्।

दोस्रो चरणको अनुसन्धानको केन्द्रमा बेचन झा छन्। पहिलो चरणको अनुसन्धानको अन्त्यतिर भारतीय नागरिक बेचन झाको नाम यो प्रकरणमा जोडिएको थियो। तर प्रहरीले उनको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

झाको नेपाली कांग्रेसकी नेता तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासँग पनि राम्रो सम्बन्ध रहेको देखिएको छ। नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरिएका झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ।

ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा समेत जोडिएका अनुसन्धानबाट खुलेको छ। उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ। ठगीमा संलग्न गिरोहबाट उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको छ। त्यसयता उनी फरार छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ। यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हाइप्रोफाइलसहित १६ जना मुद्दाको पुर्पक्षका लागि कारागारमा छन्। बाँकी २ जना लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:३२
  • #नक्कली भुटानी शरणार्थी प्रकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको... आइतबार, असोज ४, २०८३
करिब १ हजार ४ सय ५४ किलोग्राम गाँजासहित एक जना पक्राउ इनरूवा नगरपालिका-१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने ३० वर्षीय... आइतबार, असोज ४, २०८३
धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबुल अगाडि झैझगडाका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक जनाको उपचारका क्रम... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक आइतबार, असोज ४, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी आइतबार, असोज ४, २०८३
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी आइतबार, असोज ४, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्