• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ३, २०८२ Mon, Oct 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली भुटानी शरणार्थी प्रकरण

दोस्रो चरणको अनुसन्धानमा २ इन्सपेक्टरलाई खटाएपछि एआईजीको सरुवा

सरुवाको टार्गेटमा एसएसपी पनि
64x64
नारायण अधिकारी आइतबार, भदौ ३, २०८०  १४:३२
1140x725

काठमाडौं– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्‍यो। गृह मन्त्रालयले लगेको एआईजी सरुवाको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि ५ एआईजीहरुको जिम्मेवारी हेरफेर भयो।

सरुवाका लागि मुख्य ‘टार्गेट’मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, एआईजी श्यामलाल ज्ञवाली थिए। ज्ञवालीको मात्रै सरुवा गर्दा थप विवाद हुने देखिएपछि ५ जना एआईजीको सरुवा गरिएको हो। 

काठमाडौंका उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)को एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पठाएर उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापाको सरुवा गरिएको छ। 

अन्य एआईजीको सरुवाभन्दा अहिले एआईजी ज्ञवालीकै सरुवा केन्द्रमा छ। ज्ञवालीकै प्रत्यक्ष निर्देशन र कमाण्डमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो। जुन प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित अन्य हाइप्रोफाइल व्यत्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। उनीहरु अहिले मुद्दाको पुर्पक्षका लागि थुनामा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धादेखि नै  सत्तासझेदार मुख्य घटक नेपाली कांग्रेस सरकारसँग असन्तुष्ट बन्दै एआईजी ज्ञवालीको तत्काल सरुवा गर्नुपर्ने पक्षमा उभिएको थियो। तर कांग्रेसभित्रै एउटा खेमाले भने उक्त प्रकरणमा राम्रो काम भएको भन्दै गृहमन्त्रीलाई भेटेरै धन्यवाद दिएको थियो। कांग्रेसभित्रकै दुई धारका कारण त्यतिबेला ‘टार्गेट’मा परे पनि एआईजी ज्ञवालीको सरुवा भएको थिएन। अहिले भने पुन: कांग्रेसकै जोडबलमा एआईजी ज्ञवालीको सरुवा गरिएको छ। यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीको सरुवा गर्ने तयारी गरिएको छ। 

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌ बैठकले सरुवाको निर्णय गर्दा एआईजी ज्ञवाली भने अमेरिका थिए। उनी अहिले पनि अमेरिका नै छन्। 

प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका केही पीडितहरु अमेरिकामा समेत छन्। अमेरिका पुगेका ज्ञवालीको उनीहरुसँग पनि भेट हुन सक्ने सम्भावना छ। अमेरिकामा रहेका पीडितहरुबाट ‘बलियो प्रमाण’ फेला पर्ने सम्भावना देखिएपछि शक्ति केन्द्रबाट उनको सरुवाका लागि चर्को दबाब आएको प्रहरी स्रोत बताउँछ।   

ज्ञवालीले सम्भावित ‘बलियो प्रमाण’ फेला पारे थप प्रभावशाली व्यक्ति र नेताहरु तानिने सम्भावना रहेको स्रोतको दाबी छ। 

Ncell 2
Ncell 2

‘ज्ञवाली सापको भ्रमणका क्रममा अमेरिकामा रहेका पीडितहरुसँग पनि भेट हुन्छ कि भनेर यहाँ चासो र चिन्ता पनि छ। त्यहाँका पीडितबाट केही प्रमाण भेटिएमा त्यसले थप प्रभावशाली व्यक्तिलाई तान्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो, ‘त्यो सम्भावना देखिएपछि अमेरिकाबाट फर्किनु अगाडि नै सरुवा गरियो।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै भएको करोडौं ठगी प्रकरणमा पहिलो चरणको अनुसन्धान भएको थियो। बाँकी केही आरोपी फरार रहेको र थप अनुसन्धान गर्न बाँकी नै रहेको भन्दै श्यामलाल ज्ञवालीको निर्देशनअनुसार दोस्रो चरणको अनुसन्धान खुला राख्दै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। 

सरकार वकिललाई फाइल बुझाउनुअघि प्रहरी परिसर काठमाडौंको कार्यालय, टेकु नै पुगेर एआईजी ज्ञवाली आफैंले मुद्दाको फाइल अध्ययन गरेका थिए। जसक्रममा उनले बाँकी अनुसन्धान खुला राख्ने बाटो कायम राख्दै फाइल बुझाउन निर्देशन दिएका थिए। सोहीअनुसार बाँकी अनुसन्धानको बाटोलाई खुला राख्दै प्रहरीले फाइल बुझाएको थियो।

त्यसपछि दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई बाटो खुला थियो। अहिले एआईजी ज्ञवालीकै निर्देशनअनुसार दोस्रो चरणको अनुसन्धान अघि बढाइएको हो। 

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सम्पूर्ण विवरण केलाएका तथा मुद्दामा बसेर काम गरेका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) नानिकाजी थापा र राजु अधिकारीलाई अहिले दोस्रो चरणको अनुसन्धानका लागि खटाइएको थियो। यो विषय प्रहरीभित्रै पनि गोप्य राखिएको थियो।

परिसर टेकुमा कार्यरत रहेका उनीहरुको अन्यत्र सरुवा भए पनि एआईजी ज्ञवालीको निर्देशनअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा पठाइएको थियो। अपराध अनुसन्धान कार्यालयमा उनीहरुका लागि छुट्टै एउटा युनिट खडा गरेर एसएसपी मनोज केसीले काममा लगाएका थिए। यो विषय सोही कार्यालयमा समेत गुपचुप राखिएको थियो। एआईजी ज्ञवालीको निर्देशनअनुसार सुक्ष्म ढंगले एसएसपीले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढाएका थिए। 

स्मरण रहोस् केसी अपराध अनुसन्धान कार्यालयमा आउनु अगाडि नै नक्कली भुटानी शरणार्थी प्रकरणका उजुरी परेको थियो। २ जना एसएसपीले आफ्नो कार्यकाल सक्दा समेत भुटानी प्रकरणको फाइल अगाडि बढाएका थिएनन्। जब केसीले अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले त्यसपछि मात्रै भुटानी प्रकरणको अनुसन्धानले गति लिएको थियो। उनैले उठान गरेको अनुसन्धानले उक्त प्रकरण हाइप्रोफाइलसम्म पुग्यो र उनीहरु अहिले थुनामा छन्। 

अहिले दोस्रो चरणको अनुसन्धान पनि एसएसपी केसीले सुक्ष्म ढंगले अगाडि बढाएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि भनेर लगिएका २ इन्सपेक्टरकै सक्रियताले अहिले थप १८ जना पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। साउन २९ गतेमात्रै १८ जना पीडितले १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै ३ वटा छुट्टाछुट्टै उजुरी दिएका थिए।

पुन: भुटानी प्रकरणको उजुरी आएको विषय सार्वजनिक हुनेबित्तिकै एआईजी ज्ञवालीलाई उपत्यका कमाण्डबाट हटाइएको छ। पुन: उजुरी आएपछि यसअघि यो प्रकरणमा पक्राउ परकोहरु सबैजनाको थप बयान लिने बाटो खुल्ने र दोस्रो चरणको अनुसन्धान सुरु हुने भएपछि कांग्रेसकै दबाबमा एआईजीको सरुवा भएको प्रहरी वृत्तमा चर्चा छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा ज्ञवालीको ठाउँमा सबैलाई ‘रिझाउन सक्ने’ एआईजी दीपक थापालाई ल्याइएको छ। 

यति मात्रै होइन भुटानी प्रकरणको अनुसन्धान गरेका अपराध अनुसन्धान कार्यालयका एसएसपी केसीको पनि सरुवा तयारी गरिएको छ। पुन: दुई इन्सपेक्टरलाई भुटानी प्रकरणमा उनले अनुसन्धानमा खटाएका थिए। एसएसपी केसीको प्रत्यक्ष कमाण्डमा उनीहरु खटिँदै आएका थिए। उनीहरु २ जनामध्ये १ जना राजु अधिकारी भने अहिले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन्।

एआईजी ज्ञवालीपछि अब एसएसपी केसीसहित परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, ललितपुर परिसरका एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्ने तयारी गृह मन्त्रालयको छ।

दोस्रो चरणको अनुसन्धान अघि बढेसँगै प्रहरी अनुसन्धानको कमाण्ड गरेका प्रहरी अधिकारीकोहरुको सरुवा हुनुले अनुसन्धान हुनेमा आशंका उब्जिएको छ। यद्यपि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने दोस्रो चरणको अनुसन्धानमा विश्वसत हुन आग्रह गरेका छन्। माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान हुने बताएका हुन्।

दोस्रो चरणको अनुसन्धानको केन्द्रमा बेचन झा छन्। पहिलो चरणको अनुसन्धानको अन्त्यतिर भारतीय नागरिक बेचन झाको नाम यो प्रकरणमा जोडिएको थियो। तर प्रहरीले उनको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

झाको नेपाली कांग्रेसकी नेता तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासँग पनि राम्रो सम्बन्ध रहेको देखिएको छ। नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरिएका झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ।

ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा समेत जोडिएका अनुसन्धानबाट खुलेको छ। उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ। ठगीमा संलग्न गिरोहबाट उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको छ। त्यसयता उनी फरार छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ। यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हाइप्रोफाइलसहित १६ जना मुद्दाको पुर्पक्षका लागि कारागारमा छन्। बाँकी २ जना लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:३२
  • #नक्कली भुटानी शरणार्थी प्रकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्