काठमाडौं– एक महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंमा १ हजार २०० भन्दा बढी मुद्दा दर्ता भएका छन्। परिसरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा मात्रै १ हजार २७५ मुद्दा दर्ता भएका हुन्।
गत वर्ष यही साउन महिनामा भने जम्मा १ हजार ४७ मुद्दा दर्ता भएका थिए। गत वर्षको तुलनामा यो साउन महिनामै मात्रै २०० भन्दा बढी मुद्दा दर्ता भएको छ।
यो साउन महिनामा सबैभन्दा बढी बैंकिङ कसुरमा ५६० वटा मुद्दा दर्ता भएका छन्। अभद्र व्यवहारमा २७९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागु औषधमा ३१, आत्महत्यासम्बन्धी कसुरमा ३७ मुद्दा दर्ता भएका छन्।
त्यैगरी जबरजस्ती करणीमा ३३, जुवामा १७, भवितव्य ज्यानमा ११९ गरी १ हजार २७५ मुद्दा दर्ता भएको परिसरका प्रवक्ता तथा एसपी कुमोध ढुंगेलले पत्रकार सम्मलेनमार्फत् जानकारी गराए।
त्यसैगरी साउन महिनामा परिसर काठमाडौंले ७६० जनालाई पक्राउ गरेको छ। सबैभन्दा बढी अभद्र व्यवहारको घटनामा ४३४ जना पक्राउ परेका छन्। बैंकिङ कसुरमा २१२, चोरीमा ८२, ठगीमा १२, लागु औषधमा ५१, बलात्कारमा ३४, जुवामा ११३ र अन्य अपराधमा १७८ गरी ७६० जनालाई पक्राउ गरी कारबाहीका दायरामा ल्याइएको एसपी ढुंगेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।