उर्लाबारी- मोरङको कानेपोखरी गाउँपालिकामा खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका ६ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो। आइतबार बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिए।
त्यस्तै कानेपोखरी गाउँपालिका–३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईका दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।