• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य
प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रंगशाला
64x64
रासस मंगलबार, साउन ३०, २०८०  २२:१२
1140x725

टक्सार– तत्कालीन जिल्ला विकास समितिले रंगशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो। अहिले सो जग्गामा सुविधा सम्पन्न रंगशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन। 

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रंगशाला बनेपछि सहजता होला भनिए पनि रंगशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव सफल किरातले बताए।

उनले भने, ‘प्रदेश सरकारको लगानीमा बनेको रंगशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ।’

प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रंगशालाको निर्माण कार्य भइसकेको छ। रायमाझी मार्सेली निर्माण जेभीले रंगशाला निर्माण गरेको हो। 

करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीयवासी सुवेन्द्र महतले बताए।

Ncell 2
Ncell 2

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता भइरहेको अवस्थामा रंगशालाको निर्माणले खेलमैदानको समस्या दीर्घकालीन रूपमा समाधान भएको भए पनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाइ छ।

‘रंगशाला निर्माणका लागि कृषियोग्य जमिन मासिएको छ, राज्यको करोडौँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला लथालिङ्ग अवस्थामा छाड्नु कतिको जायज हुन्छ?’, उनले भने, ‘निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाड्ने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ?’

रंगशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रंगशाला निर्माण भएको उल्लेख गर्दै खेल अभियन्ता विनम श्रेष्ठले भने, ‘खेलमैदान सानो हुँदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, करोडौंका लागतमा बनेको रङ्गाशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन।’

shivam cement
shivam cement

स्थानीय युवा तुफान किरातले भने, ‘जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रंगशाला निर्माण पनि भएको छ, अब सञ्चालनको वातावरण कसले मिलाउने हो?’ विभिन्न निकायमा रंगशाला प्रयोगका विषयमा कुरा उठाउँदा सुनुवाइ नभएको किरातको गुनासो छ।

उचित भौतिक संरचनाको निर्माण कार्य नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए। नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी भोजपुरका नै भएको अवस्थामा जिल्लामा व्यवस्थित रंगशालाको भने अभाव थियो।

भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचना जिल्लामा निर्माण हुने क्रम बढेको बताए। सुवालले बनेका संरचना सञ्चालनमा आउने र बन्न बाँकी संरचना सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताए।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल भएको अवसरमा अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताक... मंगलबार, वैशाख ३०, २०८२
जुम्ला–रारा म्याराथन भोलि देखि, ५९१ धावक सहभागी हुँदै कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर  छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शुक्रबार, वैशाख २६, २०८२
नवौं पीएम कप एनभीए भलिबल लिग पोखरामा हुने नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले... बुधबार, वैशाख २४, २०८२
ताजा समाचारसबै
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने शनिबार, जेठ ३, २०८२
कांग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, जेठ ३, २०८२
आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै शनिबार, जेठ ३, २०८२
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे मन्त्री राणाको आग्रह शनिबार, जेठ ३, २०८२
आईपीएलका बाँकी खेल आजबाट सुरु हुँदै, आज बैङ्गलोर र कोलकाता भिड्दै शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्