• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भ्रष्टाचारी ठहर भएका दोलखाका तत्कालीन प्रजिअ रिजाल, जो अख्तियार देखाएर पनि घुस उठाउँथे 

64x64
नेपाल लाइभ मंगलबार, साउन ३०, २०८०  १९:१५
1140x725

काठमाडौं– घुससहित पक्राउ परेका दोलखा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले रिजालसँग जोडिएका पाँच थान मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते उपसचिव रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले एक वर्ष कैद र ४ लाख बिगो तथा सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ। तत्कालीन प्रजिअ रिजालविरुद्ध अख्तियारले ४ वटा घुस लेनदेन गरेको र एउटा अनुगमनमै नगइ भत्ता बुझेको पाइएको भन्दै ५ वटा अलग–अलग आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

दोलखामै रहँदा रिजालले विभिन्न मुद्दा सेवाग्राहीलाई बढी सजाय र जेल पठाइदिने डरत्रास देखाएर घुस उठाउने गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। रिजालले चारजना सेवाग्राहीलाई जेल सजाय गराइदिने डर देखाएर जनही ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

त्यसैगरी भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी/खाता नै खडा नगरी भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी भत्ता लिएको दाबी अख्तियारको आरोपपत्रमा गरिएको छ।

उनले अनुगमनमा जाँदै नगइ कार्यालयमै बसेर भ्रमण भत्तासमेत बुझेको आरोप थियो। रिजाल आफैंले सुरक्षा समितिको बैठक राखेर उपस्थित जनाई हस्ताक्षरसमेत गरेर अनियमित रुपमा ७७ हजार ६ सय भत्ता लिएको आरोपपत्रमा उल्लेख छ। अख्तियारले विभिन्न पाँचवटा मुद्दामा ६ लाख ५२ हजार ६ सय विगो,जरिवाना र कैद सजाय माग गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियार हुँदै दोलखा पुगेका थिए रिजाल
सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएका रिजाल कुनै समय अख्तियारकै सह–प्रवक्ता थिए। अख्तियारमा काम गरेका उनी दोलखा पुगेपछि विवादित भए। लगत्तै उनी काठमाडौं तानिए अनि अख्तियारले नै भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले काठमाडौं तानेको थियो। तर, यो प्रकरणमा चासो देखाउँदै छानबिन अघि बढाएको अख्तियारले निर्देशन दिएसँगै रिजाललाई गृहमन्त्रालयले २०७६ मंसिरमा निलम्बन गरेको थियो।

निलम्बनमा परेका रिजालमाथि विभागीय कारबाहीसँगै अख्तियारले पक्राउ गरेर अनुसन्धान गरेको थियो। अख्तियार बसेका कारण उनले कर्मचारीबाटै घुस लिने गरेको कुरा पनि सार्वजनिक भएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

के थियो प्रकरण?
दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको  सार्वजनिक भएपछि रिजाल अनुसन्धानमा तानिएका थिए।

स्थानीयको आरोप प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको थियो। धरौटीबापत १४ हजार लिनुपर्नेमा रिजालले ४९ हजार मागेको दाबी उनीहरूले गरेका थिए।

बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले फिर्ता गरेका थिए। प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर थिए। तर अख्तियारको अनुसन्धानमा उनले बदनियत राखेर रकम असुल गरेको पाइएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्