काठमाडौं– विशेष अदालत काठमाडौंले घुससहित पक्राउ परेका दोलखा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले रिजालसँग जोडिएका पाँच थान मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते उपसचिव रिजालविरुद्ध भ्रष्टाचारको घुस/रिसवतमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।