• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

झुठो मुद्दामा ३ दिन ४ रात प्रहरी खोरमा बिताएका डा रञ्जितको अनुभूति

64x64
डिबी खड्का मंगलबार, साउन ३०, २०८०  १६:२९
1140x725

काठमाडौं- ‘इट इज बेटर द्‌यान टेन गिल्टी पर्सन्स इस्केप, द्‌यान द्‌याट वान इनोसेन्ट सफर (१० जना अपराधी छुटून् तर एउटै इमानदार व्यक्ति नफसोस्)' 

ब्रिटिस विधिशास्त्री विलियम ब्ल्याकस्टोनले सन् १७६९ मा मै प्रतिपादन गरेको सिद्धान्तमा भनिएको छ। कानुन कार्यान्वयन गर्ने निकायले हरपल दिमागमा यसलाई राखेर हिँड्नुपर्छ। तर नेपालका हकमा निर्दोषले अनाहकमा दु:ख पाइरहेका घटना बेला-मौकामा सुनिन्छन्। यसपल्ट पनि त्यो दोहोरिएको छ। 

केही दिनअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पढेका आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जना पक्राउ गर्‍यो। 'अपरेसन फक्सट्रोट' नाम दिइएको उक्त मुद्दामा डा रञ्जितकुमार यादव पनि पक्राउ परे।  जसले अर्को डाक्टरसँग नाम मिलेकै कारण तीन रात र चार दिन प्रहरी हिरासतको यातना भोगे। 

आफू निर्दोष रहेको प्रमाणसहित दाबी गर्दा समेत कानुन कार्यान्वयन गर्ने निकायले उनलाई सुन्न चाहेन। चिकित्सकहरुको संस्था नेपाल मेडिकल एसोसिएसन र डाक्टर रविन बस्नेतको सक्रियताले मात्रै उनलाई थुनामुक्त गराउन सम्भव भयो। 

विशेषज्ञ चिकित्सा अध्ययनका लागि काठमाडौंमै बसेर तयारी गरिरहेका डा रञ्जितकुमार यादवलाई बिहीबार दिउसो ३ बजे सीआईबीले पक्राउ गर्‍यो। 'अपरेसन फक्सट्रोट' नाम दिइएको उक्त अनुसन्धान प्रक्रिया लामो समयदेखि चलाइएको थियो। नेपाल मेडिकल काउन्सिलमा पेस भएका शैक्षिक प्रमाणपत्र लिएर उनीहरुले पढेको भनिएका कलेजहरुबाट भेरिफाइ गराउने प्रक्रया त्यसअघि नै सकिएको थियो। उनीहरुको शैक्षिक प्रमाणपत्र जाली रहेको ठहरपछि मात्रै सीआईबीले हिरासतमा लियो। 

यति प्रक्रिया पूरा गरिसकेको सीआईबी र नेपाल मेडिकल काउन्सिलले मुख्य प्रक्रियामा गल्ती गरे- नाम मिलेकै आधारमा गलत डाक्टर पक्राउ। शैक्षिक प्रमाणपत्र सोही नामका अर्का डाक्टरको थियो। जसको शैक्षिक प्रमाणपत्र सक्कली नभएको आशंका काउन्सिल र सीआईबीको थियो।

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जिव तिवारीका अनुसार शैक्षिक प्रमाणपत्र ती व्यक्तिकै राखेर काउन्सिल दर्ताका लागि दिइएको आवेदनपत्र अर्कैको पठायो काउन्सिलले। सीआईबीले काउन्सिलबाट पठाइएका सबै प्रमाणपत्रहरु केलाउने प्रयत्न गरेन। प्रयत्न गरेको भए त्यहाँ जन्ममिति र बुवाको नामबाट दुई थरी डकुमेन्ट आएको थाहा लाग्थ्यो र त्यही अनुसार फेरि काउन्सिललाई खबर हुन्थ्यो। 

सीआईबीले एउटा डकुमेन्ट मात्रै हेरेर सक्कली प्रमाणपत्रकै आधारमा चिकित्सा पढेका असली डाक्टरलाई पक्राउ गर्‍यो। डा यादव भन्छन्, 'मैले पटक-पटक म होइन,  म नेपालमै पढेको हो भनिरहें तर सुनिएन।' उनीसँग नाम मिल्ने अर्का डाक्टरको एसलएसी र प्लसटुका शैक्षिक प्रमाणपत्रमाथि सीआईबीको आशंका छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उमेरले भर्खर ३० टेकेका युवा डाक्टर रञ्जितलाई पक्राउ परेको अवस्थादेखि नै आफू प्रहरीले खोजेको व्यक्ति नभएको ढुक्क थियो। उनले हरेक पटक प्रहरीलाई भनिरहे- तपाईं झुक्किनुभयो होला,  म त्यो होइन। 

उनलाई पक्राउ गर्ने बेला पनि स्पष्ट नखुलाइएको बताउँछन्। हिरासतमा पुगेपछि उनले सोधे, 'मलाई किन पक्राउ गरियो?' उनलाई पक्राउ गर्ने प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पक्राउ गरेको बताउँदै बाँकी कुरा 'डीएसपी साब'ले गर्ने बताए। उनले थपे, 'दिउँसो ३ बजेतिर मलाई उठाएर ल्याए। एक छिनमा आउनुहुन्छ भनेको डीएसपीसाब राति १२ बजे मात्रै आउनुभयो।'

उनले ती डीएसपीसँग त्यही दोहोर्यासए- तपाईंहरु झुक्किनुभयो होला। 

डीएसपीले कुरै नसुनी आफूलाई 'तपाईं गलत हो भन्ने मलाई थाहा छ' भनेको उनी बताउँछन्। त्यसपछि उनलाई मालीगाउँस्थित हिरासतमा राखियो बिहीबार। उनीसँग नक्कली शैक्षिक प्रमाणपत्रकै लागि पक्रिएका अर्का एक जना थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यो रात र त्यस्ता अन्य तीन रात उनको यातनामय भयो। किनभने, साँघुरो कोठामा २५/३० जना थिए। त्यसमा पनि अपराध गरेर समातिएकाहरु बहुसंख्यक थिए। सुत्यो भने राति नै मारिदेलान् भन्ने डरले उनले आँखा झिमिक्क गर्न सकेनन्। चिकित्सा पढेको मान्छे त्यसैमा, सरुवा रोग सर्ने डर पनि उत्तिकै भयो। 

उनी सम्झिन्छन्, 'एक रात लागुऔषध प्रयोग गरेका नाममा समातिएका व्यक्ति बिरामी परेर अस्पताल लगेपछि झन् सात्तो गयो।'

शुक्रबार पाँच बजे उनी लगायत सबैलाई अदालत लगियो। अदालतमा धेरै सोधपुछ सांसद सुनिल शर्माकै बारेमा भयो। उनी लगायत अन्य ६ जनाले आफ्ना कुरा राख्ने मौका पाएनन्। उनले पछि थाहा पाए- पाँच दिनको म्याद थप गरिएछ।

उनले भने, 'मैले न्यायाधीशसँग कुरा गर्नै पाइनँ। उहाँले सोध्दा पनि केही सोध्नुभएन। पछि प्रहरीले नै सोध्यो- तपाईंको पाँच दिन म्याद थपेको थाहा छ?' 

त्यही क्रममा उनले आफूलाई पक्राउ पर्ने आधार भनिएका फाइल हेरे। जहाँ उनले देखे, नाम बाहेक सबै अरुको छ। जन्ममिति उनको २०५० साल हो भने अर्का डा रञ्जितको २०४८ साल छ। उनको बुवाको नाम र ती रञ्जितको मिल्ने कुरै भएन। 

त्यसपछि उनले त्यही कुरा त्यहाँ राखे। उनले आफूलाई अनुसन्धान गर्ने अधिकारीसँग कुरा गर्न खोजे। थापा थरका एक जनाले आफूले बुझ्ने बताएका थिए। उनलाई खोज्ने क्रममा आइपुगे न्यौपाने थरका इन्स्पेक्टर। जसलाई उनले भने, 'अर्कैको सर्टिफिकेट छ। मेरो होइन।'

उनी भन्छन्, 'उहाँले उल्टै भन्नुभयो, गल्ती नगरेर कोही यहाँ पुग्दैन। फाइल हेर्न पर्दैन।'

उनका बुवाले घरबाट सक्कली प्रमाणपत्र ल्याएर पनि पुर्या एका थिए। तर  प्रहरीले 'भ्यालिड हुँदैन' भन्यो। उनले त्यही क्रममा एकप्रति गोजीमा राखे।

हिरासतमा अन्य अपराध गरेर आएकाहरुले समेत उनीहरुलाई हेप्थे र भन्थे, 'यस्तै नक्कली डाक्टरले मान्छे मार्छ। अपराध यिनीहरुकै कारण भइरहेको छ।' त्यो सुन्दा उनलाई निकै पोल्थ्यो। उनीहरुलाई नै देखाउन उनले फोटोकपी गोजीमा राखेर फर्के। भन्छन्, 'थुनुवामा सबैले नक्कली डाक्टर भन्थे। म सक्कली हुँ भन्नका लागि एकप्रति राखें।'

उनले आफ्ना कुरा राख्न आफन्तहरुसँग भेट गर्न खोजे। तर गोपनीयता भन्दै उनलाई सम्पर्कमा जान दिइएन। 

उनी आफ्नै बलबुताले बाहिर आउन सफल भएका होइनन्। यहाँनेर उनका सहृदयीले बाहिरबाट गरेको प्रयासको प्रशंसा गर्छन्। उनका रुममेटले डा रविन बस्नेतलाई सम्पर्क गरेर भने, 'प्रहरीले मेरो साथीलाई पक्रियो, जो निर्दोष छ।'

सुरुमा डा रविनले विश्वास गरेनन्। पछि प्लस टु पेन्टागन र एमबीबीएस नोबेल मेडिकल कलेजमा पढेको ठाकुर थरका ती डाक्टरले बताएपछि डा रविन अघि सरेका हुन्। उनले सक्कली प्रमाणपत्र हात परेपछि सीआईबीसँग सम्पर्क गरे। उनले भने, 'म नेपाल मेडिकल एसोसिएसनको मान्छे हो। निर्दोष समात्नुभएको छ। त्यसलाई छुटाउनुपर्योन।'

डा रविन भन्छन्, 'आइतबार बिहान ११ बजे हामी गएका थियौं। म मेडिकल एसोसिएसनको मान्छे भनेको थिएँ। त्यहाँ रहेका पीएचडी गरेको छु भन्ने एक जना डीएसपीले 'तिमी र तँ बोलेर बोल्नुभयो। कुरै सुन्न चाहनुभएन।'

त्यसपछि नेपाल मेडिकल काउन्सिल पुगेर उनीहरुले सोही विषय राखे। त्यहाँका रजिष्ट्रार डा कृष्ण अधिकारीले एउटा कागज गलत जाँदा अर्कै पक्राउ परेको महसुस गरे। उनले सीआईबीलाई सोही बेहोराको पत्र लेखे। उनले पठाएका दुई वटा पत्र 'रिजेक्ट' गरिए। तेस्रो पत्रपछि मात्रै राति ११ बजेर ३५ मिनेटमा डा रञ्जित हिरासतमुक्त भए।

यो घटनालाई नेपाल मेडिकल एसोसिएसनले सामान्य रुपमा लिएको छैन। एउटा चिकित्सकको मनोबल गिराउने मात्रै होइन, पेसामाथि प्रश्न उठाउने गरी भएको रुपमा लिएको छ। मेडिकल काउन्सिल र सीआईबीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको भन्दै संलग्न अधिकारीहरुको राजीनामा माग गरिएको छ। 

डा रञ्जितलाई यो घटनाले भित्रैदेखि हल्लाएको छ। नेपालमै विशेषज्ञ तह पढेर यहीँ काम गर्ने गरी तयारी गरिरहेका उनी विदेशिने सोच लिएर हिरासतबाट फर्किएका छन्। उनी भन्छन्,  'अब आत्मबल नै छैन। नेपालकै लागि काम गर्छु, यहीँ पढ्छु भनेर तयारी गरिरहेको थिएँ। बाहिर नजाने भनेर तयारी गरिरहेको थिएँ। विदेश गएर एमडी गर्ने र बाहिरै काम गर्ने सोच मनमा आएको छ। यस पल्ट मेरो साथी, रविन दाइ र एनएमए मसँग हुन्नथ्यो भने कम्तीमा २६ दिन हिरासतमै बित्थ्यो। त्यति बेलासम्म मेरो अवस्था के हुन्थ्यो भनेर म अहिले पनि डराइरहेको छु।'

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्