बलिउडमा फिल्मले पहिलो साताको अन्त्यमा कति कमाए भन्ने कुराले व्यापारको अनुमान गर्ने चलन छ। यदि फिल्म पहिलो दिनमै सय करोडको हाराहारीमा पुग्छ भने यसलाई सुपरहिट फिल्मको सूचीमा राखिन्छ।
यसपछि पहिलो हप्ताको कमाइको मूल्याङ्कन सुरु हुन्छ। सलमान खान, शाहरुख खान र आमिर खानका फिल्महरूले विगत केही वर्षदेखि नै सय करोड क्लबमा प्रवेश गरिरहेका छन्। अभिनेता अक्षय कुमारले पनि सय करोड क्लबमा नाम दर्ता गराइसकेका छन्। तर केही स्टार छन्, जसले करियर सुरु गरेको धेरै वर्षपछि यो क्लबमा आउने मौका पाए।
सन्नी देओलको नाममा धेरै हिट फिल्म दर्ता भएका छन्। तर ‘गदर २’ मार्फत् उनले पहिलो साता नै यस क्लबमा प्रवेश गर्ने मौका पाए। घरेलु बक्स अफिसमा फिल्मले पहिलो साता उत्कृष्ट कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरिसकेको छ।
अमिताभ बच्चन
अमिताभ बच्चनले थुप्रै सफल फिल्महरूले खेले। उनले शताब्दीकै सुपरहिरोको उपमा पनि पाए। चाखलाग्दो कुरा के छ भने उनले दोस्रो इनिङ्समा पनि धेरै ढिलो गरी १०० करोड क्लबमा सामेल हुने मौका पाए। फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ र ‘ब्रह्मास्त्र’ उनको पहिलो र दोस्रो सय करोडका फिल्म थिए।
अनुपम खेर
एक समय थियो जब अनुपम खेर हरेक फिल्ममा देखिन्थे। तर ‘कश्मीर फाइल्स’ मार्फत् मात्र १०० करोड क्लबमा पुग्ने मौका मिल्यो उनलाई।
मिथुन चक्रवर्ती
मिथुन चक्रवर्तीको फिल्म ‘डिस्को डान्सर’ १०० करोड कमाउने पहिलो बलिउड फिल्म मानिन्छ। तर त्यतिबेलासम्म यो चलन सुरु भएको थिएन। त्यो फिल्मको करिब ४० वर्षपछि गत वर्ष उनको ‘द कश्मीर फाइल्स’ पनि यो क्लबमा पुग्यो।
अनिल कपुर
अनिल कपुरको ड्यासिङ स्टाइलका लागि धेरै फ्यान छन्। तर उनको यो स्टाइलबाट १०० करोड क्लबमा पुग्न निकै समय लाग्यो। फिल्म ‘जुग जुग जियो’ मार्फत् उनले यो अवसर पाए।
सञ्जय दत्त
सञ्जय दत्तको जीवन र करिअर उतारचढावले भरिएको छ। जसमध्ये उनले १०० करोड क्लबमा पुग्न लामो यात्रा गर्नुपरेको थियो। ‘अग्निपथ’, ‘केजीएफ २’ र ‘सन अफ सरदार’ मार्फत् उनले यो अवसर पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।