• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कसरी दिइन्छ बाढी पहिरो आउने ‘पूर्व सूचना’?

64x64
कल्पना घिमिरे सोमबार, साउन २९, २०८०  २०:४५
1140x725

काठमाडौं– आइतबार बेलुका मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पस्यो। बस्ती बगायो, तर मानवीय क्षति भएन। ठूलो भौतिक क्षति भए पनि पूर्व सूचनाका कारण मानवीय क्षति भने नभएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्मघ्यचो गुरुङले बताए।

‘गाउँपालिकाको केन्द्र, प्रहरी चौकीसमेत बगायो। खोलाको छेउछाउमा रहेको करिब २९ वटा घर र होटलका साथै १३ वटा सवारी साधन पूर्णरुपमा क्षति भयो। तर पूर्व सूचनाका कारण करिब चार सय मानिसको ज्यान बच्यो,’ उनले भने।

कागबेनीमा बाढी पस्नुअघि स्थानीयहरुलाई आफैंले फोनमार्फत् पूर्वसूचना दिएको उनले जानकारी दिए। त्यसपछि स्थानीयहरु साँझ साढे सात बजेतिर सुरक्षित स्थानमा सरेका थिए। यसरी स्थानीय तह, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालगायतले बाढी पहिरो जस्ता विपत्‌बारे पूर्वसूचना दिएर थुप्रै मानवीय क्षति हुनबाट बचाएका घटनाहरु छन्।

गतवर्ष सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुभन्दा अघि बाढी आउँदैछ भन्ने साइरनमार्फत् सूचना प्रवाह गरिएको थियो। जसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको थियो।

कसरी दिइन्छ पूर्वसूचना?
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुमनकुमार रेग्मी बाढीपहिरो आउनुअघि पूर्वसूचना प्रणालीका आधारमा सूचना प्रवाह गर्ने गरेको बताउँछन्। विभागले देशका प्रमुख नदीनालाहरुमा पूर्वसूचना प्रणाली (उपकरण) हरु जडान गरेको छ। 

पूर्वसूचना प्रणालीको माध्यमबाट जलको स्तरसम्बन्धी सूचनाहरु र अन्य सूचनाहरुको तथ्यांक केन्द्रीय प्रणालीमा आइपुग्ने उनी बताउँछन्। ‘विभिन्न क्षेत्रमा जडान भएका उपकरणले जलको स्तर, वर्षा, तापक्रम कति छ भन्ने तथ्यांक मापन गर्छ। सो तथ्यांक केन्द्रीय प्रणालीमा आएपछि हेरेर त्यहाँको अवस्था के छ भन्ने हेरिन्छ। जोखिमपूर्ण हो वा होइन पुष्टि गर्छौं। पुष्टि गरिसकेपछि ठीक हो भनेदेखि कुनै पनि अवस्थामा हाम्रो 'वार्निङ लेबल' र 'डेन्जर लेबल' भन्ने डिफाइन गर्छौं,’ उनले भने।

बाढी पहिरो आउन लागेको हो भन्ने तथ्यांक पुष्टि भइसकेपछि कुन स्थानमा बाढी पहिरो आउन लागेको छ त्यो स्थानको क्षेत्रभित्र सूचना प्रवाह गर्न नेपाल टेलिकम र एनसेलसँग सहकार्य गर्ने गरेको उनले बताए। ‘सूचना प्रवाह गर्ने एउटा प्रणाली छ, त्यहाँ एउटा मेशिन राख्छौं र कुन क्षेत्रमा बाढी पहिरो आउन लागेको हो, त्यो क्षेत्रका नेपाल टेलिकम र एनसेलका सीम प्रयोगकर्ताको मोबाइलमा एसएमएस जाने सिस्टम छ। यस्तै सञ्चारका माध्यममा वेबसाइटमार्फत् पनि हामी सूचना प्रवाह गराउँछौं,’ उनले भने।

आफ्नो क्षेत्रमा हुने जोखिमबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको शुल्क नलाग्ने फोन नम्बर ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको ११४९ नम्बरमा चौबीसै घण्टा जुनसुकै समयमा फोन गर्न सकिने व्यवस्था गरिएको रेग्मीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले वर्षापछि बाढी र डुबानको जोखिम हुने स्थानबारे सरकारका विभिन्न निकायले वेबसाइटका साथै फेसबुक पेज र ट्विटर खाताहरुमा पूर्वसूचना राख्ने गरेको बताए। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम र बाढी पहिरोका सूचना प्रवाह गर्ने स्मार्ट सूचना उपकरण जडान गरिरहेको प्रवक्ता ध्रुबबहादुर खड्काले जानकारी दिए।

ती स्मार्ट उपकरण सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका ३४ स्थानमा जडान भएका छन्। ‘स्थानीय सरकार, प्रदेश सरकारले पनि यस्ता उपकरण जडान गरेका छन्। जसको माध्यमबाट तथ्यांक केन्द्रीय सूचना प्रणालीमा आइपुग्छ। कुन स्थानमा कस्तो मौसम छ, जलसतह कस्तो छ, कुन स्थानमा बाढी पहिरो जाने जोखिम छ वा छैन भन्नेबारे पुष्टि हुन्छ। र केन्द्रबाटै सूचना प्रवाह गराउन सकिन्छ,’ खड्काले भने।

ती स्मार्ट उपकरणहरुबाट कुनै साइरन बजाएर अथवा त्यहाँको स्थानीय भाषामा र नेपाली भाषामा ‘यो क्षेत्रमा बाढी पहिरो आउँदैछ। यस क्षेत्रबाट सुरक्षित स्थानमा सर्नुहोला’ भन्ने जस्ता सूचना प्रवाह गर्न सकिने खड्का बताउँछन्। यी स्मार्ट उपकरणले प्रवाह गरेका सूचना २ किलोमिटरसम्म पुग्ने खड्काको भनाइ छ। 

पूर्वसूचनाको बेवास्ताले मानवीय क्षति
बाढी पहिरो आउँदैछ भन्ने उपकरणबाटै थाहा पाउन सकिन्छ। तर पनि बाढी पहिरोका कारण नै मानवीय क्षति भइरहेको पाइन्छ। गत वैशाख १ गतेदेखि साउन २८ गतेसम्म (चार महिनामा) बाढीका १३०  घटनाहरु भएको उल्लेख प्राधिकरणले गरेको छ। तिनमा परेर ५१ जनाले ज्यान गुमाएका र २० जना बेपत्ता रहेको जनाइएको छ। ८ जना घाइते भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सो अवधिमा ४२६ वटा पहिरो गएको छ, जसमा ३९ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् र ४६ घाइते छन्। बाढीले तीन सयभन्दा बढी परिवार प्रभावित बनेको र पहिरोबाट १८ सयभन्दा बढी परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ।

पूर्व सूचनालाई बेवास्ता गर्दा र सूचनाको पहुँचमा नपुगेका क्षेत्रहरुमा बाढी पहिरोबाट मानवीय क्षति हुने गरेको खड्का बताउँछन्। ‘सबै स्थानमा बाढी पहिरो आउने भन्ने जानकारी दिने उपकरण छैनन्। जहाँ पूर्वसूचना पुग्दैन त्यहाँ त मानवीय क्षति हुने नै भयो। तर उपकरण भएका क्षेत्रमा पूर्वसूचना दिए पनि कसैले त्यो सूचनालाई बेवास्ता गर्नाले मानवीय क्षति हुने गरेको छ,’ खड्काले भने।

दुई हजारभन्दा बढीले ज्यान गुमाए
देशैभर बाढी पहिरोका कारण  विसं २०७० वैशाख १ देखि २०८० वैशाख १ गतेसम्म २ हजार ४३ जना मानिसले ज्यान गुमाएका छन्। ७७८ जना मानिस बेपत्ता भएका छन्। १ हजार २८७ जना मानिस घाइते भएका छन्।

बाढी पहिरोका कारण १० वर्षसम्मको मानवीय क्षति 

वर्ष मृत्यु बेपत्ता घाइते
२०७० २१० ५८ १५५
२०७१ २४५ १३२ २६२
२०७२ १३५ ९५ १६
२०७३ २४९ १६१ ४५
२०७४ २४१ ८८ ५७
२०७५ १०५ १६३ ५
२०७६ १५६ १०३ ३८
२०७७ ३४३ २३७ १०१
२०७८ २४५ १५४ ६७
२०७९ ११४ १०५ ३२
जम्मा २०४३ १२९३ ७७८

स्रोतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्