• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कसरी दिइन्छ बाढी पहिरो आउने ‘पूर्व सूचना’?

64x64
कल्पना घिमिरे सोमबार, साउन २९, २०८०  २०:४५
1140x725

काठमाडौं– आइतबार बेलुका मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पस्यो। बस्ती बगायो, तर मानवीय क्षति भएन। ठूलो भौतिक क्षति भए पनि पूर्व सूचनाका कारण मानवीय क्षति भने नभएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्मघ्यचो गुरुङले बताए।

‘गाउँपालिकाको केन्द्र, प्रहरी चौकीसमेत बगायो। खोलाको छेउछाउमा रहेको करिब २९ वटा घर र होटलका साथै १३ वटा सवारी साधन पूर्णरुपमा क्षति भयो। तर पूर्व सूचनाका कारण करिब चार सय मानिसको ज्यान बच्यो,’ उनले भने।

कागबेनीमा बाढी पस्नुअघि स्थानीयहरुलाई आफैंले फोनमार्फत् पूर्वसूचना दिएको उनले जानकारी दिए। त्यसपछि स्थानीयहरु साँझ साढे सात बजेतिर सुरक्षित स्थानमा सरेका थिए। यसरी स्थानीय तह, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालगायतले बाढी पहिरो जस्ता विपत्‌बारे पूर्वसूचना दिएर थुप्रै मानवीय क्षति हुनबाट बचाएका घटनाहरु छन्।

गतवर्ष सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुभन्दा अघि बाढी आउँदैछ भन्ने साइरनमार्फत् सूचना प्रवाह गरिएको थियो। जसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको थियो।

कसरी दिइन्छ पूर्वसूचना?
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुमनकुमार रेग्मी बाढीपहिरो आउनुअघि पूर्वसूचना प्रणालीका आधारमा सूचना प्रवाह गर्ने गरेको बताउँछन्। विभागले देशका प्रमुख नदीनालाहरुमा पूर्वसूचना प्रणाली (उपकरण) हरु जडान गरेको छ। 

पूर्वसूचना प्रणालीको माध्यमबाट जलको स्तरसम्बन्धी सूचनाहरु र अन्य सूचनाहरुको तथ्यांक केन्द्रीय प्रणालीमा आइपुग्ने उनी बताउँछन्। ‘विभिन्न क्षेत्रमा जडान भएका उपकरणले जलको स्तर, वर्षा, तापक्रम कति छ भन्ने तथ्यांक मापन गर्छ। सो तथ्यांक केन्द्रीय प्रणालीमा आएपछि हेरेर त्यहाँको अवस्था के छ भन्ने हेरिन्छ। जोखिमपूर्ण हो वा होइन पुष्टि गर्छौं। पुष्टि गरिसकेपछि ठीक हो भनेदेखि कुनै पनि अवस्थामा हाम्रो 'वार्निङ लेबल' र 'डेन्जर लेबल' भन्ने डिफाइन गर्छौं,’ उनले भने।

बाढी पहिरो आउन लागेको हो भन्ने तथ्यांक पुष्टि भइसकेपछि कुन स्थानमा बाढी पहिरो आउन लागेको छ त्यो स्थानको क्षेत्रभित्र सूचना प्रवाह गर्न नेपाल टेलिकम र एनसेलसँग सहकार्य गर्ने गरेको उनले बताए। ‘सूचना प्रवाह गर्ने एउटा प्रणाली छ, त्यहाँ एउटा मेशिन राख्छौं र कुन क्षेत्रमा बाढी पहिरो आउन लागेको हो, त्यो क्षेत्रका नेपाल टेलिकम र एनसेलका सीम प्रयोगकर्ताको मोबाइलमा एसएमएस जाने सिस्टम छ। यस्तै सञ्चारका माध्यममा वेबसाइटमार्फत् पनि हामी सूचना प्रवाह गराउँछौं,’ उनले भने।

आफ्नो क्षेत्रमा हुने जोखिमबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको शुल्क नलाग्ने फोन नम्बर ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको ११४९ नम्बरमा चौबीसै घण्टा जुनसुकै समयमा फोन गर्न सकिने व्यवस्था गरिएको रेग्मीले बताए।

Ncell 2
Ncell 2

उनले वर्षापछि बाढी र डुबानको जोखिम हुने स्थानबारे सरकारका विभिन्न निकायले वेबसाइटका साथै फेसबुक पेज र ट्विटर खाताहरुमा पूर्वसूचना राख्ने गरेको बताए। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम र बाढी पहिरोका सूचना प्रवाह गर्ने स्मार्ट सूचना उपकरण जडान गरिरहेको प्रवक्ता ध्रुबबहादुर खड्काले जानकारी दिए।

ती स्मार्ट उपकरण सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका ३४ स्थानमा जडान भएका छन्। ‘स्थानीय सरकार, प्रदेश सरकारले पनि यस्ता उपकरण जडान गरेका छन्। जसको माध्यमबाट तथ्यांक केन्द्रीय सूचना प्रणालीमा आइपुग्छ। कुन स्थानमा कस्तो मौसम छ, जलसतह कस्तो छ, कुन स्थानमा बाढी पहिरो जाने जोखिम छ वा छैन भन्नेबारे पुष्टि हुन्छ। र केन्द्रबाटै सूचना प्रवाह गराउन सकिन्छ,’ खड्काले भने।

ती स्मार्ट उपकरणहरुबाट कुनै साइरन बजाएर अथवा त्यहाँको स्थानीय भाषामा र नेपाली भाषामा ‘यो क्षेत्रमा बाढी पहिरो आउँदैछ। यस क्षेत्रबाट सुरक्षित स्थानमा सर्नुहोला’ भन्ने जस्ता सूचना प्रवाह गर्न सकिने खड्का बताउँछन्। यी स्मार्ट उपकरणले प्रवाह गरेका सूचना २ किलोमिटरसम्म पुग्ने खड्काको भनाइ छ। 

पूर्वसूचनाको बेवास्ताले मानवीय क्षति
बाढी पहिरो आउँदैछ भन्ने उपकरणबाटै थाहा पाउन सकिन्छ। तर पनि बाढी पहिरोका कारण नै मानवीय क्षति भइरहेको पाइन्छ। गत वैशाख १ गतेदेखि साउन २८ गतेसम्म (चार महिनामा) बाढीका १३०  घटनाहरु भएको उल्लेख प्राधिकरणले गरेको छ। तिनमा परेर ५१ जनाले ज्यान गुमाएका र २० जना बेपत्ता रहेको जनाइएको छ। ८ जना घाइते भएका छन्।

सो अवधिमा ४२६ वटा पहिरो गएको छ, जसमा ३९ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् र ४६ घाइते छन्। बाढीले तीन सयभन्दा बढी परिवार प्रभावित बनेको र पहिरोबाट १८ सयभन्दा बढी परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ।

पूर्व सूचनालाई बेवास्ता गर्दा र सूचनाको पहुँचमा नपुगेका क्षेत्रहरुमा बाढी पहिरोबाट मानवीय क्षति हुने गरेको खड्का बताउँछन्। ‘सबै स्थानमा बाढी पहिरो आउने भन्ने जानकारी दिने उपकरण छैनन्। जहाँ पूर्वसूचना पुग्दैन त्यहाँ त मानवीय क्षति हुने नै भयो। तर उपकरण भएका क्षेत्रमा पूर्वसूचना दिए पनि कसैले त्यो सूचनालाई बेवास्ता गर्नाले मानवीय क्षति हुने गरेको छ,’ खड्काले भने।

दुई हजारभन्दा बढीले ज्यान गुमाए
देशैभर बाढी पहिरोका कारण  विसं २०७० वैशाख १ देखि २०८० वैशाख १ गतेसम्म २ हजार ४३ जना मानिसले ज्यान गुमाएका छन्। ७७८ जना मानिस बेपत्ता भएका छन्। १ हजार २८७ जना मानिस घाइते भएका छन्।

बाढी पहिरोका कारण १० वर्षसम्मको मानवीय क्षति 

वर्ष मृत्यु बेपत्ता घाइते
२०७० २१० ५८ १५५
२०७१ २४५ १३२ २६२
२०७२ १३५ ९५ १६
२०७३ २४९ १६१ ४५
२०७४ २४१ ८८ ५७
२०७५ १०५ १६३ ५
२०७६ १५६ १०३ ३८
२०७७ ३४३ २३७ १०१
२०७८ २४५ १५४ ६७
२०७९ ११४ १०५ ३२
जम्मा २०४३ १२९३ ७७८

स्रोतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि बनेको... सोमबार, कात्तिक १७, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो। सोमबार, कात्तिक १७, २०८२
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९  बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध... सोमबार, कात्तिक १७, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्