काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको हो।
६ जनालाई पक्राउ गरिएको पुष्टि गर्दै परिसरका एसपी तथा प्रवक्ता भने ‘थप अनुसन्धान भइरहेकाले अहिले केही भन्न सक्ने अवस्था छैन।’ पक्राउ परेकाहरुको नाम भने गोप्य राखिएको छ।
यसअघि सीआईबीले अपरेसन फोस्कट्रोटको नाम दिएर नक्कली डाक्टहरुलाई पक्राउ गरेको थियो। ८ जना पक्राउ परेकामा सांसद समेत रहेका सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि ७ जना हिरासतमा थिए।
उनीहरुमध्ये १ जना भने सक्कली रहेको खुलेपछि सक्कलीलाई रिहा गरिएको छ। अहिले ६ जना नक्कली डाक्टरहरु सीआईबीको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।