काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा थप जाहेरी परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएका हुन्। उनीहरुले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।
यो प्रकरणमा यसअघि कांग्रेसका नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहितका मान्छे पक्राउ परेका थिए। अहिले उनीहरु सबै जना पुर्पक्षका लागि कारागारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।