• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फराकिलो फुटपाथले साँघुरिएका सपना

हेमन्त जोशी/रासस सोमबार, साउन २९, २०८०  १२:४९
1140x725

‘ए बा ! कुनचाहिँ भुसतिघ्रे रहेको छ भनेको त, यो ... पो रहेछ।’
‘होइन, मेरो डन्ठाले चाहीँ के बिगार्‍यो तिमीलाई?’
‘के बिगारेन? कसैको भाग्यमा पर्छ, कसैको भोको पेटमा पर्छ, पाप लाग्छ तिमीहरुलाई त।’

केही दिनअघि सार्वजनिक भएको निकेश खड्काको निर्देशन र एस कुमारको गायन तथा अभिनय रहेको म्युजिकल फिल्म ‘सुस्तरी–सुस्तरी’ का संवाद हुन् यी। मकै पोलेर बेच्ने सडक व्यापारीको भूमिकामा रहेकी अनु थापा र नगर प्रहरीको भूमिकामा रहेका यस कुमारबीचको यो काल्पनिक संवादले अनेकौं पात्र र परिवेशको विम्ब चित्रित गर्छ। फुटपाथ व्यवस्थापनका लागि भन्दै गरिने धरपकडले सडक व्यापारीमा देखिने सन्त्रासको कथा–व्यथा यो म्युजिकल फिल्ममा देख्न सकिन्छ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाभित्रका सडक व्यापारी व्यवस्थापनको विषय निकै पेचिलो छ। महानगर प्रहरीले फुटपाथ व्यवसायीलाई लखेटेको, उनीहरुले बेचिरहेका सामान सडकमै पोखेको, कमाइखाने भाँडो खोसिएपछि निरीह भएर भक्कानिएका जस्ता अनेकौं सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बग्रेल्ती आइरहन्छन्। अर्कोतर्फ, फुटपाथ व्यवसाय हटाएपछि ट्राफिक व्यवस्थापन र पैदलयात्रीलाई हिँड्न सहज भएको, भीडभाड, फोहरमैला र प्रदूषण घटेको, सहरी सौन्दर्य बढेकोलगायतका सकारात्मक विषय पनि सँगसँगै आइरहेका छन्।

एकातर्फ न्यूनतम् मानवीय संवेदनालाईसमेत बेवास्ता गरी महानगरले गर्ने व्यवहारको आलोचना भइरहेको छ भने अर्कोतर्फ वर्षौदेखिको समस्याका रुपमा रुपमा रहेको सडक व्यापार व्यवस्थापन भएकोमा प्रशंसा पनि भइरहेको छ। ‘महानगरले सडक व्यापारीलाई बल प्रयोग गरेर अमानवीय ढङ्गले धपाउनुको साटो वैकल्पिक व्यवस्थापनको नीति लिन सक्नुपर्थ्यो, त्यसमा महानगर चुक्यो’ भन्ने आशयका टिप्पणी तथा प्रतिक्रिया पनि आइरहेका छन्।

सडक व्यापारीलगायत अनौपचारिक क्षेत्रका व्यवसाय र श्रमिक व्यवस्थापनको मुद्दा महानगरपालिको एक्लै मात्रको भने होइन। यद्यपि, यो विषय अहिले सबैभन्दा पेचिलो भएको भने काठमाडौं महानगरपालिकामै हो। सडक व्यापारी हटाउन थालेपछि त्यसको असर उनीहरूको दैनिकीमासमेत परेको छ। दैनिक जीवनयापनका लागि के–कसो गर्ने भन्नेमा उनीहरु स्पष्ट छैनन्। काभ्रेकी लक्ष्मी गौतम आठ वर्षदेखि वीर अस्पताल अगाडि नाङ्लो व्यापार गरेर आफ्नो परिवारको दैनिक गुजारा गर्दै आएकी थिइन्। अब कसरी आर्थिक जोहो गर्ने र परिवार चलाउने भन्ने पीर उनमा छ। ‘मलाई छोराछोरीको स्कुल पढाइ शुल्क तिर्न पनि धौ–धौ छ। बिहान पकाए बेलुका के खाउँ र बेलुका पकाए बिहान के खाउँ भएको छ। बिहान बेलुका समय छुट्याएर व्यापार गर्न दिए हामीलाई केही सहज हुने थियो’, उनले भनिन्।

त्यस्तै सिन्धुपाल्चोककी निर्मला श्रेष्ठको नाङ्लो व्यापार छुट्यो। उनले दुई महिनादेखि केहीकाम गरेकी छैनन्। पाँच जनाको परिवार पाल्ने अर्को कुलै मेलो छैन। घर बनाउने काम गर्ने उनका श्रीमान् पनि पछिल्लो एकवर्षदेखि बेरोजगार जस्तै छन्। कुनै विकल्प दिएर व्यवस्थापन गर्नुको साटो महानगर प्रहरीले दुर्व्यवहार गर्ने, सामान जफत गर्नेजस्ता कामबाट आफू मानसिक पीडामा परेको श्रेष्ठ बताउँछिन्। ‘गरिखान दिएनन्। लखेटेको लेखेट्यै गर्न थाले। पाँच चोटीसम्म मेरो सामान खोसेर लगे। तीन–चार महिना लगाएर आठ–दश हजार रुपैयाँ जम्मा गरेर किनेर ल्यायो, महानगर खोसेर लैजान्छ। फेरि सामान हाल्यो, खोजेर लैजान्छ। घर व्यवहार थेग्नै गाह्रो छ’, उनले आफ्ना पीडा पोखिन्।

असन, भोटाहिटी क्षेत्रमा व्यापार गर्ने दोलखाकी साबित्री बरुवाललाई महानगरले अपनाएको शैली राम्रो लाग्दैन। फराकिला बनेका फुटपाथले आफ्ना सपना साँघुरिएको अनुभूति उनलाई हुन्छ। ‘महानगरले सामान लगेर फिर्ता दिँदैन’, बरुवालको गुनासो छ, ‘ठूलो व्यापार गर्न सकिँदैन। ठाउँ र समय तोकेर व्यवसाय गर्न दिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो। सडक त राम्रा–फराकिला भए तर हाम्रो रोजीरोटी खोसिए।’

म्युजिकल फिल्म ‘सुस्तरी–सुस्तरी’ का काल्पनिक पात्र यिनै लक्ष्मी, निर्मला, साबित्रीहरुको प्रतिरूप हुन्। यसरी रोजीरोटी गुमाएका सडक व्यापारीका सकसबारे काठमाडौं महानगरपालिका जनप्रतिनिधि बेखबर भने पक्कै छैनन्। उनीहरुका पीडाले पोलेको, बचन बिझाएको र कुनै विकल्प खोज्ने पक्षमै महानगरपालिका रहेको जनप्रतिनिधिको भनाइ छ। सडक व्यापारी व्यवस्थापनको विषयलाई मानवीय हिसाबले पनि सोच्नुपर्ने काठमाडौं महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारी बताउँछन्। 

Ncell 2
Ncell 2

‘यो विषयमा हामी पनि मानवीय हिसाबले पनि सोच्नुपर्छ भन्नेमै छौं। उनीहरुलाई वैकल्पिक व्यवस्था गर्ने सोचमै छौं। व्यवसायीको पक्षबाट पनि सोचिरहेका छौं’, उनले भने। तर वडाध्यक्ष भण्डारीलाई लाग्छ, कतिपय व्यवसायी हुने खाने वर्गका र अरु बाटोबाट आजआर्जन गरिरहेकाहरु पनि अतिरिक्त कमाईका लागि फुटपाथमा बस्छन्।

आयआर्जनका अन्य बाटो भएका व्यक्ति पनि यो व्यवसायमा रहेको वडाध्यक्ष भण्डारीको भनाइप्रति वडा नं १० का वडाध्यक्ष रामकुमार केसी पनि सहमत छन्। ‘नगपालिका मात्रै सही वा व्यापारी मात्रै सही भन्ने होइन। तर एकै घरका चारजनासम्म सडकमा व्यापार गरिरहेका भेटिए। उहाँहरु अन्त जागिर पनि गर्नुहुन्थ्यो। हुनेखाने वर्गका मानिसहरु पनि यस्तो व्यापार गरिरहेका छन्’ केसीले भने। विश्वका अरु देशमा पनि सडक व्यापार हुने गरेको तर त्यसलाई कसरी व्यवस्थापन भइरहेको छ भनेर काठमाडौं महानगरपालिकाले पनि सिक्नुपर्ने केसी बताउँछन्।

महानगरपालिकाभित्रको फुटपाथ पसल व्यवस्थापन गर्ने पाँच वर्षदेखिकै योजना रहे पनि कोभिड महामारीलगायतका कारण रोकिएको र अहिले कार्यान्वयन आएको उनको भनाइ छ। सडक व्यापारलाई निरुत्साहित गर्नकै लागि सामान फिर्ता नगरेको उनी बताउँछन्। विस्थापित भएका सडक व्यवसायीलाई महानगरले वैकल्पिक व्यवसायका लागि तालिम दिने र करको दायरामा ल्याउनेबारे पनि योजना बनाइरहेको केसीले बताए।

सडक व्यापारीलगायत अनौपचारिक क्षेत्रका व्यवसाय र श्रमिक व्यवस्थापनको मुद्दा महानगरपालिको एक्लै मात्रको भने होइन। सरकारी तथ्यांकले भन्छ–नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको आकार करिब आधा बराबर र यो क्षेत्रमा आबद्ध कूल श्रमशक्तिको संख्या ६२ प्रतिशत हाराहारी छ। खुद्रा पसलदेखि सडक वा ठेलागाडा/साइकलमा गरिने व्यवसाय, काठ मिस्त्रीदेखि डकर्मीले जीविकोपार्जनका लागि गरिरहेका काम, किसानले गरिरहेका कृषि कर्मदेखि तिनको उत्पादन बजारसम्म पुर्‍याउने बिचौलिया, घर–जग्गा दलाल (ब्रोकर), पर्यटकका भारी बोक्ने भरियादेखि सार्वजनिक यातायातका चालक/सहचालकलगायतका आर्थिक क्रियाकलाप अनौपचारिक क्षेत्रभित्र पर्दछन्। नेपालमा सञ्चालित व्यवसायको ठूलो हिस्सा अनौपचारिक क्षेत्र हो।

राष्ट्रिय योजना आयोगले केही समयअघि सार्वजनिक गरेको अनौपचारिक क्षेत्रमा कोभिड–१९ को प्रभाव र न्यूनीकरणका सम्भाव्य रणनीति अध्ययन–प्रतिवेदन २०७९ ले अनौपचारिक क्षेत्र देशको अर्थतन्त्रको महत्त्वपूर्ण र अत्यन्त ठूलो हिस्साको रुपमा रहेको भए पनि राज्यले यसको नियमन गर्न नसकेको तथा यो क्षेत्र असङ्गठित र उपेक्षित रुपमा रहेको तथ्यहरु उजागर गरेको थियो। कोभिड–१९ का बेला अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरु जीविकोपार्जन, स्वास्थ्य र मानसिक असरजस्ता समस्याहरुबाट बढी गुज्रनु परेको यो अध्ययनको निष्कर्ष थियो। अव्यवस्थित फुटपाथ व्यापारमा महानगरपालिकाले कडाइ गरेसँगै यस्तो व्यवसाय गरिरहेका अधिकांश व्यक्तिको दैनिक जीवनयापनमा समस्या देखिएको पछिल्लो अर्को एक अध्ययनले देखाएको छ।

होप फर चेन्ज नेपालसँगको सहकार्यमा सेन्टर फर इन्फर्मल इकोनोमी नामक संस्थाले गरेको अध्ययनअनुसार वैकल्पिक व्यवस्थापनको विकल्पबिनै महानगरले फुटपाथ व्यवसाय हटाउन थालेपछि अहिले अधिकांश व्यापारीहरु लुकेर अर्थात् महानगरको आँखा छलेर व्यवसाय गरिरहेका छन्। अनौपचारिक श्रमशक्तिको अत्यधिक हिस्सा श्रमिकसम्बद्ध सङ्गठनहरुमा समेटिन नसकेको वस्तुस्थितिलाई यी अध्ययनले उजागर गरेका छन्। ‘बहुमत उत्तरदाता अर्थात् ८८ दशमलव आठ प्रतिशतले महानगरपालिकाले उनीहरुलाई सडक व्यापारबाट हटाएपछि आफ्नो आर्थिक भार व्यवस्थापन गर्न ऋण लिएर गरिरहेका छन्’, गत शुक्रबार सार्वजनिक उक्त अध्ययनले भनेको छ, ‘६० प्रतिशत सडक बिक्रेताहरु अहिले पनि महानगर प्रहरीको आँखा छलेर व्यवसाय गरिरहेका छन् भने निकै कमले मात्र आफ्नो व्यवसाय अन्यत्र सारेका छन्।’

विस्थापित भएका अघिकांश सडक व्यापारीले दैनिक खर्च व्यवस्थापनका लागि यस्तो व्यवसाय गरिरहेको र उनीहरुको मुख्य आम्दानीको स्रोत नै सडक व्यापार रहेको अध्ययनबाट देखिएको छ। यो अध्ययनमा सहभागीमध्ये ६७ दशमलव सात प्रतिशतको मुख्य रोजगारी नै सडक व्यापार रहेको र ३१ दशमलव पाँच प्रतिशतले सहायक रोजगारी (पार्ट टाइम) व्यवसायका रुपमा सडक व्यापार गरिरहेको देखिएको छ।

यो अध्ययनअनुसार महानगरपालिकाभित्र ५० प्रतिशतले फलफूल, २५ प्रतिशतले कपडा तथा फेन्सी व्यापार, १० प्रतिशतले जुत्ताचप्पल व्यापार र अन्यले तरकारी, पानीपुरी/चटपटे र सौन्दर्य प्रशोधनका सामग्री फुटपाथमा बेच्ने गरेका थिए। यो अध्ययनका लागि सडक व्यापारी, उपभोक्ता, स्थानीय घरपरिवार, महानगर प्रहरी, वडाध्यक्ष, बागमती प्रदेशका प्रदेशसभा सांसदहरुमार्फत् विभिन्न माध्यमबाट प्रतिक्रिया लिइएको जनाइएको छ। अध्ययनका सहभागीको अवस्था हेर्दा देशभरका विभिन्न ३९ जिल्लाका ८३ पालिकाबाट प्रतिनिधित्व गरेका थिए। महानगरपालिकाभित्र सडक व्यापार गरिरहेका बिक्रेतामध्ये १६ दशमलव ०३ प्रतिशत दोलखाबाट आई यस्तो व्यापार गरिरहेको र छ दशमलव नौ प्रतिशत भारतीय नागरिक रहेको जनाइएको छ। अध्ययनका लागि ३५ देखि ५९ उमेर समूहका १३० व्यक्तिलाई सहभागी गराइएको थियो।

महानगरपालिकाले फुटपाथ व्यापारीको सामान जफत गरेपछि त्यो फिर्ता नगर्दा उनीहरुमा थप आर्थिक भार थपिएको पनि अध्ययनबाट देखिएको छ। ‘महानगरले सामान जफत गरेपछि तीन प्रतिशत बिक्रेताको २१ हजारदेखि १ लाखसम्मको सामान र ४१ दशमलव नौ प्रतिशतको चार हजार देखि २० हजारसम्मको सामान फिर्ता नपाएको जनाएका छन्’, अध्ययनले भनेको छ।

९५ प्रतिशत सडक व्यापारीले आफ्नो व्यवसाय नै दर्ता गरेका छैनन् भने ५६ दशमलव दुई प्रतिशतलाई व्यवसाय दर्ता प्रक्रियाबारे जानकारी नै नभएको पाइएको छ। यो अध्ययनका क्रममा महानगरको अनुगमनबारे ५४ दशमलव ६ प्रतिशत सडक व्यापारीले पूर्व जानकारी पाएको र ४४ दशमलव ६ प्रतिशतले महानगरको कदमबारे आफूलाई पूर्व जानकारी नभएको बताएका थिए।

सडक व्यवसायी हटाउने महानगरको कदमबाट पैदलयात्री र स्थानीय घरपरिवार भने खुसी देखिएका छन्। थोरै बिक्रेताहरु अर्थात् नौ दशमलव प्रतिशत बिक्रेताले आफ्नो घरको मालिकबाट समर्थन पाएका छन् भने ९० प्रतिशतले समर्थन पाएका छैनन्।

महानगरपालिकाको कदमपछि पहिलेको तुलनामा सडक शान्त र सफा भएको हिँड्न सजिलो भएको, सवारी चाप र प्रदूषण कम भएको धेरैजसो पैदलयात्री र स्थानीय घरपरिवारको भनाइ छ। अध्ययनअनुसार फुटपाथमा हुने व्यवसायका उपभोक्ता हेर्दा लगभग ४४ प्रतिशत ग्राहक न्यून र मध्यम आय भएका र १७ दशमलव ७ प्रतिशत जुनसुकै वर्गको प्रतिनिधित्व गर्ने अध्ययनमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्