• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता

64x64
नेपाल लाइभ सोमबार, जेठ ४, २०८३  १८:५५
1140x725

काठमाडौं– नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोबीच आयोजित 'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६'  को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेपालभरिबाट आएका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो समुदायमा आधारित प्रविधि सम्मेलनहरूमध्ये एकका रूपमा चिनिन्छ।

एडब्लुएस  युजर ग्रुप नेपालद्वारा ललितपुरस्थित द प्लाजा, पुल्चोकमा आयोजित कार्यक्रममा क्लाउड पूर्वाधार, साइबर सुरक्षा, एआई प्रणाली, प्लेटफर्म इन्जिनियरिङ तथा आधुनिक डिजिटल रूपान्तरणसम्बन्धी १५ भन्दा बढी प्राविधिक सेसन, कीनोट प्रस्तुति, नेतृत्व संवाद तथा विशेष प्राविधिक ट्र्याक सञ्चालन गरिएको थियो।

कार्यक्रम उद्घाटन गर्दै एडब्लुएस  युजर ग्रुप नेपालका लिडर तथा जेनेस सलुशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत अन्जानी फुयाँलले नेपालमा क्लाउड, एआई र साइबर सुरक्षा क्षेत्रमा समुदायमार्फत हुने सिकाइ र सहकार्यको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताए। फुयाँल यूके तथा आयरल्याण्ड क्षेत्रमा शीर्ष एडब्लुएस एम्ब्यासडर मध्ये एकका रूपमा परिचित छन्। उनले संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रस्तुति दिइसकेका छन्।


“एडब्लुएस कम्युनिटी डे नेपाल' केवल प्राविधिक सेसनहरूको कार्यक्रम मात्र होइन, यो निर्माणकर्ता, सिक्ने समुदाय, नेतृत्वकर्ता तथा नवप्रवर्तनकर्ताहरूलाई एकै ठाउँमा ल्याएर सहकार्य, सिकाइ र नेपालको डिजिटल भविष्यलाई सशक्त बनाउन जोड्ने साझा मञ्च हो,"  फुयाँलले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा भारतबाट आएका एडब्लुएस  तथा प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञहरूको पनि सहभागिता रहेको थियो। चनप्रित सिंह (Senior Delivery Consultant – AI/ML, AWS India), अमित कुमार (Senior Solution Architect, AWS India), तथा जतिन मेहरोत्रा (Developer Advocate, Amazon Web Services) लगायतका वक्ताहरूले व्यवहारिक एआई प्रयोग, भरपर्दो क्लाउड पूर्वाधार, प्लेटफर्म आधुनिकीकरण तथा संस्थाहरूलाई आधुनिक क्लाउड-नेटिभ एप्लिकेसन निर्माणमा सहयोग गर्ने विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित नेतृत्वस्तरको प्यानल छलफल एडब्लुएस  युजर ग्रुप नेपालका लिडर अन्जानी फुयाँल द्वारा सञ्चालन गरिएको थियो। उक्त छलफलमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष राजेन्द्र खेतान, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान सहभागी थिए। छलफलमा नेपालका वित्तीय संस्था, उद्यम तथा प्रविधि नेतृत्वकर्ताहरूले क्लाउड प्रविधि अपनाउने तयारी, एआई रणनीति तथा साइबर सुरक्षा सुदृढीकरणलाई कसरी अघि बढाइरहेका छन् भन्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा Cloud & Platform Engineering, Security, Compliance & Resilience Architectures, तथा Data Platforms, AI Systems & Production Machine Learning विषयमा आधारित तीनवटा समानान्तर प्राविधिक ट्र्याक सञ्चालन गरिएको थियो।

कार्यक्रममा मोहम्मद मिजानुर रहमान, पुरु तुलाधर, आनन्द मेहता, श्रीति श्रेष्ठ, नारायण कोइराला तथा प्रभात आचार्य लगायतका प्राविधिक वक्ताहरूले क्लाउड सञ्चालन, DevSecOps, एआई प्रणाली, मेसिन लर्निङ तथा उद्यम-स्तरका डिजिटल प्लेटफर्मसम्बन्धी आफ्नो व्यावहारिक अनुभव र दृष्टिकोण साझा गरेका थिए।
AWS Community Day Nepal 2026 मा देखिएको उल्लेखनीय सहभागिताले नेपालमा क्लाउड, एआई तथा साइबर सुरक्षा सम्बन्धी सीप र सिकाइप्रति युवापुस्ता तथा संस्थागत क्षेत्रको रुचि तीव्र रूपमा बढिरहेको संकेत गरेको आयोजकहरूले बताए।

विश्वका विभिन्न देशहरूमा आयोजना हुने एडब्लुएस कम्युनिटी डे कार्यक्रमहरू “समुदायद्वारा, समुदायका लागि” भन्ने अवधारणामा आधारित छन्। यस्ता कार्यक्रम अमेरिका, भारत, जर्मनी, दक्षिण अफ्रिका, बंगलादेश तथा हङकङलगायत देशहरूमा नियमित रूपमा आयोजना हुँदै आएका छन्।
आयोजकका अनुसार यस कार्यक्रमले नेपालमा समुदाय-आधारित प्राविधिक सिकाइको महत्वलाई अझ मजबुत बनाउनुका साथै नेपाल विश्वव्यापी क्लाउड कम्प्युटिङ, एआई अपनाउने प्रवृत्ति तथा साइबर सुरक्षा नवप्रवर्तनसँग तीव्र रूपमा जोडिँदै गएको संकेत गरेको छ।

अमेजन वेब सर्भिसेज (एडब्लुएस)  युजर ग्रुप नेपाल नेपालभर करिब ३,००० सदस्य रहेको समुदाय-आधारित प्रविधि प्लेटफर्म हो। यसले क्लाउड, एआई तथा आधुनिक प्रविधिसम्बन्धी ज्ञान आदानप्रदान, मिटअप, कार्यशाला, प्राविधिक सेसन तथा समुदाय-आधारित कार्यक्रममार्फत प्रविधि समुदायलाई जोड्ने काम गर्दै आएको छ।

एडब्लुएस  युजर ग्रुप्स  विश्वव्यापी समुदाय सञ्जालको हिस्सा हुन्, जुन ८९ देशमा फैलिएको छ। हाल विश्वभर ३६२ एडब्लुएस  युजर ग्रुप्स तथा ४ लाख ५५ हजारभन्दा बढी सदस्यहरू रहेका छन्, जसले यसलाई विश्वकै ठूलो क्लाउड तथा डेभलपर समुदायहरूमध्ये एक बनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव
सम्बन्धित सामग्री
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा आज पनि नेपाली सेनाले खोज तथा उद्धार, राहत, सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वा... आइतबार, भदौ २१, २०८३
दुई महिनामै फेरिए रसुवामा सिडियो दुई महिनाअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका नरेन्द्र परियारलाई गृहमन्त्रालयमा तानिएको छ । आइतबार, भदौ २१, २०८३
सचिव बन्ने दौडमा तीन वरिष्ठ सहसचिव सचिवका लागि सिफारिस हुने सम्भावित वरिष्ठ सहसचिवमा विनोदबहादुर कुँवर, उत्तरकुमार खत्री र कालीप्रसाद पराजुली रहेका छन्। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्