काठमाडौं– बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्तसिंह बुढा छन्।
उनले ललितपुरको बुङमतीमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका थिए। सोही चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई उनले यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
बालयौन दुरुपयोग नगर्न भन्दा उल्टै कुटपिट समेत भएको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका बुढाविरुद्ध जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।